अपरेसनपछि डाक्टरले छोडिदिए बिरामीको पेटमा कैंची, ब्यान्डेज
पछिल्लो समय नेपालमा चिकित्सक तथा विभिन्न अस्पतालमा खेलाँचीका घटना भइरहेका र यसले विरामीहरुको ज्यानसमेत लिएका समाचार आइरहेका हुन्छन् ।
यस्तै एउटा गम्भीर लापरवाहीले अहिले भारतमा तहल्का मच्चाएको छ । यो भारतको बागपतको जिल्ला अस्पतालको घटना हो । त्यहाँ एक महिला पत्थरीको अपरेसनका लािग पुगेकी थिइन् । सर्जनले उनको अपरेसन त गरे । तर, अपरेसनमा प्रयोग भएको तौलिया, ब्यान्डेज महिलाको पेटमा नै छोडेछन् ।
ती महिलाले अपरेसनपछि पनि पेट दुख्न झन् बढ्न थालेकाले दिल्ली पुगेर अस्पतालमा इन्डोस्कोपी गराइन् । त्यसपछि बल्ल उनको पेटमा त्यसरी ब्यान्डेज छुटेको घटना बाहिर आएको हो ।
४० वर्षका कौशिद निशाका श्रीमानले आफ्नी श्रीमतीमाथि चरम लापरवाही गर्ने चिकित्सकमाथि छानबिन हुनु पर्ने बताएकी छिन् । ब्यान्डेज र तौलियाले गर्दा ज्यादै धेरै इन्फेक्सन बढेकाले निशाको चाहिँ मृत्यु भइसकेको छ ।





