यी प्रधानमन्त्रीको प्रस्तावः दैनिक ६ घन्टा काम, सप्ताहमा तीन दिन छुट्टी

जनपत्र
२२ पुष २०७६, मंगलवार ०७:०४

हरेक सप्ताहमा तीन दिन छुट्टी अनि बाँकी चार दिन पनि दैनिक ६ घन्टाका हिसावले मात्र काम ।ु तपाईँलाई यो प्रस्ताव आयो भने ? फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले यो नियम लागू गर्न प्रस्ताव अगाडि बढाएकी छन्। सन्ना विश्वकै कान्छी प्रधानमन्त्री हुन्। उनको उमेर ३४ वर्ष मात्र पुगेको छ।

डेली मेलको रिपोर्ट अनुसार सन्नाको भनाइ छ कि परिवार र प्रिय मान्छेसँगको भेटमा ज्यादा समय बिताउनु पर्छ। आफ्नो दल सोसल डेमोक्र्याटिक पार्टीको १२० औं वार्षिकोत्सव कार्यक्रममा उनले भनेकी छिन्, ‘हरेक मान्छे जीवनमा गर्न चाहेको र जीवनका अन्य संस्कृतिजस्ता पक्षमा धेरै समय बिताउन योग्य छन्। यो कामकाजी जीवनका लागि अर्को कदम हुनेछ।’ हाल फिनल्यान्डमा हप्ताको पाँच दिन दैनिक ८ घन्टाका हिसावले काम गर्नुपर्छ। (एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*