अमेरिका-इरान द्वन्द्व चर्किएपछि त्रासले फर्किए सात नेपाली

जनपत्र
२२ पुष २०७६, मंगलवार ०६:३४

इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ-आफ्नो देश फर्काउन थालिएको छ। उक्त क्याम्पमा सुरक्षाका हिसावले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन्।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।

आइतबार र सोमबार फर्काइएको टोलीमा सात नेपाली छन्। बग्दादस्थित नेपाली दूताबासले इराकमा कार्यरत नेपालीसँग घर फर्कनको लागि सम्पर्क बढाइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*