इराकी संसदले सबै विदेशी सेना हटाउन सरकारलाई आदेश दियो

जनपत्र
२१ पुष २०७६, सोमबार ०६:२१

इराकको संसदले एउटा प्रस्ताव पारित गर्दै मुलुकबाट सबै विदेशी सेनाहरुलाई हटाउन आदेश दिएको छ । अमेरिकाले बगदादमा गरेको आक्रमणमा प्रमुख इरानी सैन्य कमाण्डारको हत्या गरेपछि इरान–अमेरिकाबीच तनाव बढेको स्थितिमा इराकी संसदले उक्त प्रस्ताव पारित गरेको हो ।

गत आइतबार बसेको इराकी संसदको एउटा असाधारण संसदीय सभाले सरकारलाई इराकमा रहेका सबै विदेशी सेनाहरुलाई हटाउन तथा बगदादसँग मिलेर इलामिक इस्टेट अफ इराक र लाभान्ट –आइएसआइएल० सँग लड्नका लागि अमेरिका तथा उनका सहयोगी राष्ट्रहरुसँग मागिएको सैन्य सहयोग रद्द गर्त पनि आदेश दिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘सरकारले इराकमा इस्लामिक स्टेटसँग लड्नका लागि चालिएको सैन्य अभियानको अन्त्य र विजय प्राप्तिको कारण विदेशी गठबन्धनसँग मागिएको सैन्य सहयोग रद्द भएको घोषणा गर्दछ ।’

यसअनुसार अब इराकी सरकारले इराकी माटोमा कुनै पनि विदेशी सैन्यको उपस्थितिलाई हटाउने पर्नेछ र उनीहरुलाई आफ्नो जल, थल र आकाश क्षेत्रको प्रयोग गर्न निषेध गर्नुपर्नेछ । तर संसदको यो प्रस्ताव अरु कानून जस्तै बाध्यकारी चाहिँ हुँदैन र यसलाई लागि गर्न तथा पूर्व सम्झौताहरु रद्द गर्न नयाँ कानूनको आवश्यकता पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*