प्रदेश–३ प्रदेशसभा वैठक चार महिना पछी सञ्चालन हुँदै

प्रदेशसभामा आजबाट सुरु हुने हिउँदे अधिवेसनमा नामाकरणको प्रस्ताव मागिने, भोली स्थायी राजधानीमा चुनाव गर्ने तयारी
जनपत्र
२१ पुष २०७६, सोमबार ०६:१४

हेटौंडा । प्रदेश नम्बर–३ को प्रदेशसभाको वैठक आज झण्डै चार महिनापछी सुरु हुँदै छ । प्रदेशसभाको वर्षे अधिवेशन सकिएपछी भदौ २५ गतेबाट सकिएको वर्षे अधिवेसन एक सय २६ दिनपछी आज सुरु हुन लागेको हो । अहिले सम्म प्रदेशसभा गठन भएदेखि ४५ वटा विधयक वनेका छन् ।

आज दिउसो ३ वजेबाट सुरु हुने हिउँदे अधिवेसनमा प्रदेशको नाम र राजधानीको विषयमा छलफल सुरु हुने सभामुख सानुकुमार श्रेष्ठले वताउनुभयो । श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा यही पुस २१ गते छलफल हुने र २२ गते मतदान हुने बताउनुभयो । उहाँले दुई दिनको कायविधिका बारेमा जानकारी गराउँदै भन्नुभयो–‘पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका छन् ।

त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत हुने छ ।’ राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उहाँको भनाइ छ । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताउनुभयो ।

आज २१ गतेको संसद बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम, प्रदेश प्रमुखको कार्यलयबाट प्रमाणिकरण भएका विधयकको पत्र पढेर सुनाउने, पाँचौ अधिबेशनको विषयमा सवै दलका प्रमुखरुले पाँच अधिवेशनको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय भएको छ । त्यसपछी मात्र प्रदेशको नामाकरणका सम्वन्धमा प्रस्ताव माग्ने कार्यक्रम रहने उहाँले वताउनुभयो । पुस २१ गतेको वैठकपछी मात्र २२ गते राजधानी सम्वन्धी प्रस्ताव पेस गर्ने र मतदानको प्रकृया सुरु गर्ने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*