पक्राउ परेका १२२ चिनियाँ नागरिक एक-एक हजार धरौटी बुझाएर रिहा
संयुक्त अपरेशनका क्रममा काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना जनही १ हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनही १ हजार रुपैयाँमा छाड्न आदेश दिएसँगै उनीहरु छुटेका हुन् । सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले अभद्र व्यवहारसम्बन्धी कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।





