नेकपा प्रदेश ३ संसदीय दलको वैठक भोली सम्म चल्ने, हेटौंडा राजधानीका विषयमा एक मत हुँदै

दुइदिनमा ४० जना सांसदले प्रदेश राजधानी र नामाकरणको विषयमा आफ्ना धारणा राखेका छन् ।
जनपत्र
१९ पुष २०७६, शनिबार १८:३१

हेटौंडा । नेकपा प्रदेश–३ संसदीय दलको वैठक भोली सम्म चल्ने भएको छ । हिजो र आज मात्र वैठक चल्ने भनेपनि सांसदहरुले राजधानी र नामाकरणको विषयमा आफ्ना धारणा राख्नेक्रम जारी रहेकाले भोली पनि संसदीय दलको वैठक चल्ने भएको हो ।

प्रदेश राजधानीका विषयमा बोल्ने क्रममा हिजो हेटौंडाको विपक्षमा बोलेका धेरै सांसदहरु थिए । तर, आज मकवानपुर, नुवाकोट, सिंधुली र काठमाण्डौका सांसदहरुले पनि नेकपा सचिवालय वैठकले गरेका निर्णय मान्नुपर्ने धारणा व्यक्त गरेका छन् । पार्टीको निर्णय अनुसार हेटौंडा राजधानी हुनुपर्ने धेरैले धारणा व्यक्त गरेका छन् ।

नेकपाका प्रदेशको संसदीय दलको वैठकम दुइदिन सम्ममा ४० जना प्रदेश सभाका सदस्यहरुले आफ्ना धारणा राखेका छन् । हिजो १७ जना सांसदले आफ्ना धारण राखेपनि आज भने २३ जना सांसदले प्रदेश राजधानी र नामाकरणका विषयमा धारणा व्यक्त गरेका छन् । दुई दिन सम्म वैठक चल्ने भनेपनि भोली सम्मका लागि संसदीय दलको वैठक लम्विएको छ । भोली फेरी ११ वजे वैठक वस्नेगरी आज सकिएको सांसदहरुले वताएका छन् ।

बैठकमा केही सांसदहरुले पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ती जनाए पनि पार्टीको निर्णय र निर्देशन विरुद्ध नजाने बताएका छन् ।केही सांसदले राजनीतिक हिसाब र केहीले कुनै समयमा भएका चित दुखाइका कारण हेटौंडालाई राजधानी कायम गर्ने निर्णयको विरोध गरेपनि अन्तमा पार्टीको निर्देशन विरुद्ध जान नसक्ने बताएका छन् । विभिन्न कारणले विरोधमा उत्रिएपनि अन्तमा सचिवालयको निर्णलाई मान्नुको विकल्प नभएको सांसदहरुको भनाइ छ ।

नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा वैठक वसेको हो । वैठकमा नेकपाका प्रदेश नम्बर ३ का इन्चार्ज तथा प्रदेश सभाका सदस्य अष्टलक्ष्मी शाक्य, पाटीका नेता राजेन्द्र पाण्डे, नेकपाका प्रदेशका नेताहरु, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंङ्गेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतकाको सहभागिता रहेको छ । नेकपाका प्रदेशसभाका धेरै जसो सांसदहरु संसदीय दलको वैठकमा सहभागि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*