भाइको उपचारका लागि दिदीले गरिन् यस्ताे, पाँच वर्ष प्रति दिन खर्च ३२ रुपैयाँमात्र

जनपत्र
१९ पुष २०७६, शनिबार ०६:४०

चीनको गुइयाङ सहरको वु हुयानले आफ्ना भाइको उपचारका लागि पछिल्ला पाँच वर्ष दैनिक जम्मा २ युआन ९३३ रुपैयाँ० मामात्र आफ्नो गुजारा चलाएकी रहिछिन् । उनी यसका लागि दैनिक खुर्सानीसँग भात खाने रहिछिन् । लामो समयदेखि खानामा आवश्यक पोषण नभएका कारण वु यो महिनाको सुरुवातमा अस्पतालमा भर्ना हुन पर्यो ।

चिकित्सकका अनुसार २४ वषएकी वुको मुटु र मिर्गौलामा समस्या देखिएको छ । पैसा बचाउनकै लागि वुले कति कम खाएकी रहिछिन् भने उनको उचाइ ४ फिट ५ इन्च हुँदा पनि उनको तौल जम्मा २० किलो छ ।

अस्पताल भर्ना भएपछि उनी बिरामी हुनुको कारण थाहा पाएपछि यो साताभर चीनमा उनको निकै ठूलो प्रशंसा गरिएको छ । मानिसहरुले उनका लागि सहयोग गर्न थालेका छन् । अहिलेसम्म उनले १ करोड ४० लाख रुपैयाँभन्दा धेरै पाइसकेकी छिन् ।

वुका आमाबाबुको पहिले नै निधन भएकाले उनले भाइका लागि अंकल अन्टीबाट मिल्ने ३ सय युआनबाट आफूले २ युआन खर्च गरेर अरु भाइका लागि राख्ने गरेकी रहिछिन् ।

अब त सामाजिक सन्जालमा नै वुका लागि पैसा जुटाउन थालिएको छ । उनको स्कुलले पनि उनलाई ६ लाख रुपैयाँ जुटाइदिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*