प्रदेश ३ राजधानीको सवालमा ११० सांसदलाई एक हुनअनुरोध

हेटौंडा नै राजधानी किन ठिक छ भन्ने सम्बन्धमा यी तथ्य र कारणहरु हेरेर पनी प्रष्ट हुन सकिन्छ ।  
अधिवक्ता ध्रुब प्रसाद चौलागाई
१८ पुष २०७६, शुक्रबार १६:२०

हेटौंडा तीन नम्बर प्रदेश राजधानी बन्न सक्छ भन्ने कुरा झाराटार्ने गरि कहीकतैबाट उठेपनि हेटौंडा नै प्रदेश राजधानी बन्न सक्छ भन्ने सम्बन्धमा कसैलाई विश्वास लागेको थिएन । यो विषयलाई जन दबाब समुहका नाममा हामीले अभियान शुरु गर्यौ ।

शुरुका दिनमा मकवानपुरका सञ्चारकर्मीहरु सबैले अत्यन्तै महत्वकासाथ आफ्नो समाचार माध्यममा स्थान दिनुभएकोले हेटौंडा पनी प्रदेश राजधानी वन्न सक्छ । यो पनी सम्भव छ की केहो भन्ने लाग्न थाल्यो । हामीहरुले शुरु गरेको हेटौडा प्रदेश राजधानी वन्न सक्छ भन्ने विषयमा जती बुझदै गयो उती हेटौंडा प्रदेश राजधानीका लागी उपयुक्त हुने तथ्य,  कारण र आधारहरु थाहा हुदै गए र हामीले यो विषयलाई  संगठीत रुपमा अगाडी बढायौं  ।

हामीहरुले हेटौंडा पनी प्रदेश राजधानी हुन सक्छ भन्ने विषयलाई एउटा यस्तो विषय वनाउन सफल भयौ की जुन विषय सबैको साझा विषय वन्न पुग्यो । क्रमशः सबैले सम्बोदन गर्नै पर्ने विषय वन्यो । राजनैतिक पार्टीहरुले यो विषय महत्वपुर्ण छ भनेर चुनावी घोषणपत्रको एजेण्डा वनाए । तत्कालिन अवस्थामा नेपाली कांग्रेसको सरकारमा रहेका कमल थापालाई हेटौडा पनी प्रदेश राजधानी वन्न सक्छ भन्ने विषयले चुनाव जित्न सकिन्छ भन्ने लाग्यो र हेटौंडा अस्थायी राजधानी वनाउन पहल गर्नु भयो । नेपाल कांग्रेस समेतको सरकारले हेटौंडालाई प्रदेशको मुकाम पनि तोक्यो ।

अहिले स्थायी राजधानी वनाउने सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले हेटौंडालाई प्रदेश राजधानी वनाउने निर्णय गरेको छ जुन अत्यन्तै दुरदर्शी, अत्यन्तै महत्वपुर्ण र सह्रायिन छ ।

दुई तिहाईले त जतिखेर पनि संविधान संशोधन गर्न सकिन्छ । जहासुकै पनी प्रदेश र देशकै राजधानी सार्न पनि सकिन्छ । दुई तिहाईले जे पनी गर्न सक्छ त्यसैले वर्तमानको आवश्यक्ता र राष्ट्रिय परिस्थितिलाई ख्याल गरी स्थिरिताको पक्षमा गरिएको नेकपाको निर्णयले भोलीका दिनमा कति सही निर्णय रहेछ भन्ने प्रमाणीत पनी गर्ने नै छ ।

 हेटौंडा नै किन ठिक भन्ने सम्बन्धमा यी तथ्य कारणहरु हेरेर पनी प्रष्ट हुन सकिन्छ ।  

१) खाने पानी, ढल निकास,

२) निर्माण हुदै गरेको र मर्मत गर्नपर्ने सडक सञ्जालहरु,

३) राष्ट्रिय र अन्तराष्ट्रिय बिमान स्थालको नजिक,

४) प्रसस्त भौतिक पुर्वाधार,

५) राजधानीको लागि चाहिने १ प्रतिशत भिरालो जग्गा,

६) अधिग्रण नै गर्नु नपर्ने हजारौ बिघा सार्वजनिक जग्गा,

७) मुख्य बजार अहिले प्रदेश ससंद भवन भएको स्थानमा नै ४ सय रोपनी भन्दा बढी खाली जग्गा जमिन एउटै कम्पाउण्डमा रहेको स्थान,

८) छिमेकी देश भारतबाट सिमा क्षेत्रहरुमा हुने गरेको गलत क्रियाकलापका बिरुद्धमा निगरानी गर्न सक्ने उपयुक्त स्थान,

९) केन्द्रको राजधानीलाई सुरक्षीत बनाउन पहिलो घेराको रुपमा रहने उपयुक्त स्थान,

१०) केन्द्रिय राजधानिमा सबै कुराहरु पुर्याउने लाईफलाईन रहेको बिरगंजलाई सहज बनाउन सक्ने स्थान हेटौडा नै भएकोले हेटौडा प्रदेश राजधानिका लागि ९० प्रतिशत ठिक रहेको भन्ने यथार्तलाई सबैले मनन गर्नु आवश्यक छ  ।

११) जलवायु स्वच्छ र राम्रो वातावरण भएको स्थान,

१२) सबै प्रदेशहरुलाई समन्वय गर्न र चाँडो भन्दा चाँडो सबैखाले पहुचहरु पुयाउन सकिने स्थान,

१३)   बदलिदो राजनैतिक व्यवस्था र परिवेशसंगै अधिकार केन्द्रिकृत भयो भनि बर्षौ देखि गरिएको आन्दोलनको भावनाको प्रतिनिधित्व हुनको लागि पनि ९० प्रतिशत ठिक तर १० प्रतिशत हेटौडा अलि टाढा भयो भन्ने कुरालाई मान्दा नै सम्भावित अस्थिरता र विवादको समाधान भई प्रदेश सरकारले विकाश निर्माणमा अग्रसर हुन पाउने अवस्था श्रृजना हुने पक्का नै छ ।

१४)   सवारी जाममा परेर एम्बुलेन्समा बिरामीको मृत्यु भईरहेको देशको राजधानी काठमाडौलाई थोरै भए पनि राहात दिन,

१५) उपत्यकाको धुलो धुवा र प्रदुशन नियन्त्रण गर्न थोरै भए पनि सहयोग गर्न,

१६) हेटौंडालाई काठमाडौको बैकल्पीक शहरको रुपमा विकाश गर्न,

१७) केन्द्रिकृत अधिकार विकेन्द्रित भयो भनेर प्रमाणीत गर्न,

१८) अरबौ लगानी गरेर तयार भएका हेटौंडाका भौतिक पुर्वाधारलाई उपयोगहिन वन्ननदिन,

१९) काठमाडौ उपत्यकाको सबैखाले चापहरुको न्युनीकरण गरी उपत्यकामा स्वास फेर्न सजिलो वनाउन सहयोग गर्न,

२०) एक मात्र बिकल्प हेटौंडा मात्रै रहेको र तीन नं  प्रदेशको राजधानी हेटौडा हुदा नै कम विवादित भई सहजै प्रदेश राजधानीको अन्यौलता समाप्त हुने हुदा देश र जनताको हितमा हेटौंडा  नै प्रदेश राजधानीका लागी ठिक छ ।

 यस्तो हुदाहुदै पनि हेटौंडाको विरुद्धमा किन सभासदहरु हुनुहुन्छ ?

१)   ३ नम्बर प्रदेश केन्द्रिय राजधानि भित्रै पर्दछ । तीन नम्बर प्रदेश प्रदेशका ११० सभासदमा काठमाडौबाट ३१ जना, ललितपुरबाट ११ जना, भक्तपुरबाट ८ जना गरि ५० जना उपत्यकाका ३ जिल्लाबाट सभासद ज्युहरु हुनुहुन्छ । त्यसै गरी काभ्रेबाट ५ जना, नुवाकोटबाट ६ र धादिङ्गबाट ५ जना सभासद ज्युहरु समेत काठमाडौमा भए सरह नजिक हुनुहुन्छ । त्यसैगरि अन्य जिल्लाका प्रायजसो सभासद ज्युहरुको घर वा कोठा पनि काठमाडौमा रहेको पाईन्छ । प्राय सबैको परिवार काठमाडौमा नै छ ।

बाल बच्चाको पढाई काठमाडौमा नै छ । सभासद हुनुभन्दा पहिले देखिको बन्द व्यापार काठमाडौमा छ । चाडपर्ब उठ बस बिहानको चिया गफ देखी राती सुत्नेबेला सम्मका सबै गतिबिधिहरु काठमाडौमा नै बर्षौ देखि भईरहेको छ । सबै पार्टीका केन्द्रिय कार्यालयहरु काठमाडौमा नै छन । केन्द्रिय नेताहरु काठमाडौमा नै बस्नु हुन्छ, पहिल्यै देखि सबै कुरा काठमाडौमा रहेकोले हेटौंडा अलि टाढा लाग्नु स्वभाविक पनि हो ।

२) वर्तमानमा हेटौंडा आउने सहज वाटो सबै भिर पहरावाट आउनु पर्ने र वाटो सांगुरो, घुमाउरो,कच्चि हुनु जस्ता कुराले नव्वे किमी वाटो पनि टाढा लागेको कारणले हो ।

३)अर्को तर्फ हामी सबैमा रहेको केन्द्रिकृत मानसिकताले गर्दा हामीलाई संघियता कार्यान्वयनको तहमा पुग्दा सबै कुरा ठिक भए पनि हेटौंडा आधा एक घण्टा टाढा पो हुन्छ कि भन्ने आभाष हुनु स्वभाविक नै मान्नु पर्दछ  ।

४)हामी हेटौंडा वसेकाहरुलाई चितवन टाढ हुन्छ तर काठमाडौ नजिक लाग्छ । यो सबै सेवा सुविधा काठमाडौ केन्द्रित भएर पनि हो ।

विरोधको स्वरहरु किन आई रहेछन त  ?

दुई तिहाई सभासद भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिले हेटौंडालाई राजधानी वनाउने र नाम वागमती वनाउने निर्णय गरिसके पश्चात नामका सम्वन्धमा संगठित विरोध भएको देखियो तर हेटौंडा प्रदेशको राजधानी हुने  सम्वन्धमा केही प्रदेश सभासदहरुले मात्रै विरोध गरेको सुनियो । उहाँहरुको विरोधलाई फेसवुकवाटै पार्टीवाट चुनाव लडने अनि पार्टीको निर्णय मान्दैनौ भन्ने कुरा गलत भनि प्रतिवादहरु पनि आएका छन ।

हेटौडाको विरोध गर्नेहरु कसैले आफ्नो जिल्लामा चुनावका समयमा गरेको प्रतिवद्धताको लागि, र कसैलाई साँच्चिकै हेटौडा बाटोको कारणले अलि अपाएकै हो भन्ने लागेको पनि हुन सक्छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय नेतृत्वले  सोच विचार गरी निर्णय गरिएको प्रदेश राजधानी तोक्ने निर्णय आफैमा राम्रो छ । जस्ले समग्र देशको हितको साथै काठमाडौ उपत्यकाको सबैकुराको चापलाई न्युनिकरण गर्न सहयोग गर्दछ यो सवालमा प्रदेश सभाका ११० जना सभासदहरु एकमत हुनुहुनेछ । त्यसैले तीन नम्वर प्रदेश राजधानी हेटौंडा हुनेछ ।

हेटौंडामा नै सपथग्रहण गर्नु भएका सबै सभासदहरुको यो ऐतिहासीक स्थान पनि हो । हामी ११० जना सभासदज्युहरुलाई आफ्नो व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडाको पक्षमा सर्वसम्मत रुपमा प्रदेश तीनको राजधानी हेटौंडा वनाउन एक हुनअनुरोध गर्दछौ । त्यसैले प्रदेश राजधानी स्थायी बनाउने निर्णय घोषणासंगै उहाँहरु प्रति सम्मान व्यक्त गर्न, सबैलाई पुनः स्वागत गर्न आतुर छौ ।  पर्खाई छ त प्रदेश राजधानी हेटौंडाको अनुमोदनको लागि मात्र……………..

लेखक अधिवक्ता ध्रुब प्रसाद चौलागाई, जन सरोकार केन्द्र, मकवानपुर संयोजक हुनुहुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*