मनहरीका महिलाहरु गाउँमा परेका समस्या समाधान खोज्दै
मनहरी गाउंपालिका वडा नम्बर १ स्थित प्रगति सामुदायिक छलफल केन्द्र बारे स्थानिय सहजकर्ता अन्जु ढुङगेल निकै खुसी हुनुहुन्छ । उहाँभन्नु हुन्छ ‘२०७५ चैत ०४ गते देखि संचालित २५ सदस्य रहेको छलफल केन्द्रमा सुरुको अबस्थामा बैठक संचालन गर्ने क्रममा मानव बेचविखन रोकथाम र सुरक्षित स्थानागमन, बैदेशिक यात्राको क्रममा अपनाउन पर्ने अति आवश्यक प्रकृया बारेमा नै थाहा नभएकोले सहभागीहरु कम उपस्थित भए । पहिलेको भन्दा अहिले धेरै फरक पाएको छु ।’ सहभागीहरु धेरै नबोल्ने, लजाउने, डराउने, परिचय दिन अन्कनाउने जस्ता कारणले सुरुवातमा बैठक संचालन गर्न निकै कठिन भएको थियो ।
प्रत्येक महिना नियमित बस्ने प्रगति सामुदायिक छलफल केन्द्र मानव बेचविखन रोकथामका उपाय, बैदेशिक यात्राको क्रममा अपनाउन पर्ने प्रकृया, सुरक्षित स्थानागमन, एच.आई.भि. एड्स ,घरेलु हिंसाका कसुर ऐन, बाल बिवाह सम्बधि कानुन, महिला हिंसाका सजाय, लागु औषध दुरुपयोगका रोकथाम आदि जस्ता सम्बन्धित बिभिन्न बिषयमा छलफल हुने गरको छ । जस्ले गर्दा हाल उनीहरुमा सम्बन्धित बिषयको ज्ञानले छलफल केन्द्र को बैठकमा वरीपरिका समुदायका व्यतिmहरुको संख्यामा बृद्धि भई सबैमा आत्मबिश्वास बढेको देखिएको छ ।
अहिले प्रगति सामुदायिक छलफल केन्द्रको सहयोगबाट समुदायको सबै व्यतिm समक्ष रामा्रे सन्देश पुगको छ । छलफलका आउदा समुदायको समस्याहरु पनि खुलस्त रुपमा व्यतिहरुले पोख्ने ठाउ पनि बनेकोे छ । अहिले उनिहरु निर्धक्कसगं परिचय दिने, नियमित बैठकमा आउने, आफनो कुरा राख्ने र समुदायमा सकरात्मक सोच देखि सहभागीहरु वडा कार्यलयसगं समन्वय गरी योजना बनाई बजेट माग गर्ने जस्ता कार्यहरु गर्न सक्ने भएका छन् ।
यसरी समुदायका व्यतिहरुलाई सचेतना तथा जिबिकोपार्जनका लागी सक्षम बनाउन नारी सिप सृजना केन्द्र नेपालले मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना मनहरी र हेटौडा उपमहानगरपालिकाका वडाहरुमा संचालन गर्दै आईरहेको छ ।







