चिनियाँ नागरिक पक्राउ प्रकरण : नक्कली वेबसाइट र एप्स बनाएर चिनियाँलाई नै ठगी

जनपत्र
१० पुष २०७६, बिहीबार ०६:३६

सोमवार काठमाडौंबाट पक्राउ परेका चिनियाँहरूले आफ्नै मुलुकका नागरिकलाई ठगी गरेको नेपाल प्रहरीले बताएको छ । चीनको नेशनल सेन्टरल ब्यूरो ९एनसीबी०बाट प्राप्त सूचनाका आधारमा नै उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को भनाइ छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले यस्तो जानकारी दिएको हो । एनसीबीले ४ महीनाअघि नै यस विषयमा नेपाल प्रहरीलाई जानकारी दिएको सीआईबीको भनाइ छ ।

पक्राउ परेका चिनियाँहरूले विभिन्न माध्यमबाट चीनका धनाढ्य युवतीसँग सम्बन्ध बनाउने, उनीहरूलाई आफूले बनाएको नक्कली वेबसाइट र मोबाइल एप्स छुट्टाछुट्टै रूप दिन्थे । यी वेबसाइटमा बैंक खाता पनि खोल्न सकिने सुविधा रहेको तथा उनीहरूले आफ्नो सम्पर्कमा रहेकाहरूलाई उच्च ब्याजदरको प्रलोभन देखाएर त्यहाँ खाता खोली पैसा जम्मा गर्न लगाउने गरेको प्रहरीको भनाइ छ ।

त्यसपछि कतिपय युवतीले पनि त्यसमा खाता खोलेर पैसा जम्मा गर्ने गरेको बताइएको छ । साथै, राम्रो ब्याज आउन थालेपछि युवतीहरूले खातामा पैसा बढाउने गरेको र खातामा पैसा बढ्दै गएर लाखौं भएपछि उनीहरूले वेबसाइट र एप्स नै बन्द गरेर पैसा कब्जा गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले प्रक्राउ गरेका १२२ जना चिनियाँ नागरिक फरकफरक समूहका हुन् । उनीहरूले यस्तो धन्दा गर्न चीनमा एजेन्टहरू नै राखेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदी बताउँछन् । ‘चीनमा भएका एजेन्टले स्थानीय रूपमा कसलाई फसाउन सकिन्छ भनेर पत्ता लगाउने र त्यसको जानकारी नेपाल पठाउने गरेको देखिन्छ,’ उनले भने, ‘सोही जानकारीका आधारमा यहाँ बस्ने चिनियाँले त्यस्ता युवतीसँग विभिन्न माध्यमबाट सम्बन्ध बढाउने र यस्तो धन्दा गर्ने गरेको देखिन्छ ।’

एनसीबी चाइनाले दिएको यस्तै प्रकारको सूचनामा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका प्रमुख डीआईजी नीरजबहादुर शाहीले बताए । उनले भने, ‘उनीहरू अन्य आपराधिक क्रियाकलापमा पनि संलग्न हुन सक्छन्, त्यस विषयमा पनि अनुसन्धान भइरहेको छ ।’ घटनाको प्रकृति हेर्दा उनीहरूले चिनियाँ नागरिकलाई नै निशानामा राखेको सीआईबीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*