मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा निधन

जनपत्र
९ पुष २०७६, बुधबार ०६:४६

मलेसियामा एक नेपालीको सुतेकै स्थानमा निधन भएको छ । निधन हुनेमा झापा जिल्ला निवासी प्रदिप कुमार दास रहेका छन् । उनको मंगलबार बिहान सुतेकै अवस्थामा निधन भएको हो । मलेसियाको ” ईजा फोर्स ” नामक सेक्युरिटी कम्पनीमा कार्यरत उनी सोमबार राती खाना खाएर सुतेका थिए ।

कानमा ईयरफोन लगाएर सोमबार बेलुका सुतेका प्रदिपलाई बिहान उनका साथीहरुले ड्युटी जान उठाउन खोज्दा उृनी उठेनन् । उनका साथिहरुका अनुसार निधन भएका उनलाई पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको बताए । उनी बिगत डेढ बर्ष देखि मलेसियाको सुबाङजाया भन्नने ठाँउमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*