हेटौडामा दोस्रो ल्होछार महोत्सबको तयारी शुरु, १५१ सदस्यीय समिति गठन

जनपत्र
८ पुष २०७६, मंगलवार ०६:४८

तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५६ जीवा ल्हो९मुसा बर्ग० सोनाम ल्होछारको अबसरमा हेटौडामा दुइ दिनको दोस्रो सोनाम ल्होछार महोत्सब गरिने भएको छ । आइतबार ह्याङ्ला तामाङ समाजको कार्यालयमा बसेको संयुक्त बैठकले माघ १० र ११ गते हेटौडाको टी।सी।एन चौर ९भुटनदेबी पार्क० गरिने महोत्सबमा समाजको अध्यक्ष आत्माराम मोक्तानको संयोजकत्वमा १५१ सदस्यीय ल्होछार महोत्सब मूल आयोजक समिति गठन गरिएको छ ।

दुइ सम्म चल्ने महोत्सबमा तामाङको भेषभुषा प्रदर्शनी लगायत मौलिक खानाको परिकार लगायतको स्टलहरु रहने जनाएको छ । महोत्सबलाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरि कार्यविभाजन गरिएको छ । जिग्तेन शिवा छेथर लिङ गुम्बाको अध्यक्ष डोल्मा स्याङ्बोको संयोजनमा आर्थिक ब्यबस्थापन समिति गठन गरिएको छ ।

त्यस्तै, प्रचारप्रसार समितिको संयोजक दिलबहादुर लामा, साउण्ड सिस्टम तथा मंच ब्यबस्थापनको संयोजकमा सबिन मोक्तान, र्याली ब्यबस्थापन तथा सेलो नृत्य प्रतियोगिता संयोजक सुनिल लोप्चन, सस्कृति तथा कलाकार बयास्थापन संयोजक सुरेश लामा, अतिथि सत्कार संयोजक कल्पना घलान लगायतको उपसमिति गठन गरेको छ ।

महोत्सबको पहिलो दिन १० गते नेपाल तामाङ युवा घेदुङको संयोजनमा ‘जिल्ला स्तरिय तामाङ सेलो नृत्य प्रतियोगिता’ हुने भएको छ । सोहि दिनको साझा दिपावली सहित ल्हो सेलाउने लगायत पुजा प्रबचनको कार्यक्रम रहने संयोजक आत्माराम मोक्तानले बताउनु भयो ।

दोस्रो दिन ११ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीमा बृहत सास्कृतिक कार्यक्रम गरिने संयोजक मोक्तानले बताउनु भयो । कलाकार लगायत अतिथिहरुको टुंगो संगै तयारी पुरा भएपछी पत्रकार सम्मेलन गर्ने प्रचारप्रसार समितिको संयोजक दिलबहादुर लामाले बताउनु भयो ।

गत वर्ष देखि हेटौडाको विभिन्न तामाङ् संघसस्था गुठीहरु, गुम्बा, घेदुङको वडा कमिटी लगायतको सस्थाहरुको संयुक्त आयोजनामा ल्होछार ल्होछार गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*