भारतमा देशव्यापी प्रदर्शन सुरु: एक हप्तामै यसरी हल्लियो मोदी सरकार

पछिल्ला दिन भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएको छ । विरोध प्रदर्शन चर्किएपछिपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधनलाई लिएर विरोध प्रदर्शन गर्नुको अर्थ नरहेको बताउँदै सबैलाई शान्त रहन आग्रह गरिरहेका छन् । मोदीले विपक्षी दलहरुप्रति संकेत गर्दै गुरिल्ला राजनीति बन्द गर्न पटक–पटक आह्वान गरिरहेका छन् ।
भारतभर विरोधको आगो सल्किएको छ । भारतका पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा भारतीय मुसलमान समुदायले हजारौँको सङ्ख्यामा विगत केही दिनदेखि प्रदर्शनलाई जारी राखेका छन् । सो प्रदर्शनको लहर अहिले राजधानी नयाँ दिल्लीमा पनि प्रवेश गरेको छ । प्रदर्शन हिंसान्मुख हुँदै गएको देखिएको छ । दिल्लीमा केही दिनयता भएको प्रदर्शनमा दर्जनौ घाइते भएको भएका छन् । सयौंलाई प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । बिहीबार भएको प्रदर्शनमा दिल्लीको लालकिल्ला क्षेत्रबाट १२ सयभन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा समेत क्षति पुर्याइरहेका छन् ।
त्यस्तै कर्नाटकबाट ३ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने गुजराज लगायतका राज्य र शहरहरुबाट दर्जनौ पक्राउ परेका छन् । अहिले दिल्ली क्षेत्रमा प्रदर्शन नगर्न सरकारले निर्देशन जारी गरेको छ । बिहीबार भारतकै इतिहासमा पहिलोपटक टेलिफोन र इन्टरनेट सेवा पनि बन्न्द गरिएको छ । उता, बिहीबारै कर्नाटक राज्यस्थित मेंगलुरमा भएको विरोध प्रदर्शनमा भएको प्रहरीको गोली लागी दुई व्यक्तिको मृत्यु भएको छ भने लखनऊमा पनि हिंसात्मक प्रदर्शन भएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले हिंसाका घटनामा संलग्न हुने जोकोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
उत्तर प्रदेश, गुजरात, बिहार, महाराष्ट्र,कर्नाटक लगायतका मुलुकका १२ प्रदेश राज्यहरुमा प्रदर्शन चर्किन सुरु भएको छ । त्यसमध्ये भाजपाले शासन गर्ने ६ वटा प्रदेशहरु पर्छन् । यसले नरन्द्र मोदी नेतृत्वको सरकारलाई ठूलै धक्का लाग्ने संकेत देखिएको छ । उता, वामपन्थी दलहरूले पनि बिहीबार भारत बन्द गर्न आह्वान गरेका छन् । अन्य पार्टीहरू र संगठनहरूले पनि यो बन्दलाई समर्थन गरेका छन् ।