जनकपुर–जयनगर रेल छिट्टै सञ्चालनमा आउने, यस्तो बन्यो रेलको डिब्बा

जनपत्र
२ पुष २०७६, बुधबार ०७:००

नेपालको जनकपुर–जयनगर रुटमा गुड्ने रेलको डब्बा तयार भएको छ । भारतीय कम्पनीले नेपालको जनकपुर–जयनगर रुटमा गुड्ने रेलको डब्बा बनाएको हो । उक्त रेल जनकपुर९जयनगरखण्डको ३५ किलोमिटर लामो रुटमा चल्नेछ । रेल विभागले जनकपुर(जयनगरखण्डमा चल्ने उक्त रेलको डिब्बा निर्माणको प्रगतिबारे जानकारी लिएको छ ।

रेलको डिब्बा निर्माणको प्रगतिबारे जानकारी लिन रेल विभागको टोली सोमबार भारत पुगेको थियो । उक्त रेलको डिब्बा भारतको चेन्नइस्थित कोन्कन रेल्वे कर्पोरेसनको कारखानामा बनेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताएका छन् ।

रेल डिब्बा दिने बारे गत वैशाखमा नेपाल(भारतबीच सहमति भएको थियो । सहमतीमा नेपालमा सञ्चालन हुने दुईवटा रेलका डिब्बा उपलब्ध गराउने कुा भएको थियो । अब छिट्टै नै जनकपुर(जयनगर रेलवे सञ्चालनको तयारीमा रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*