बेलायतसँग दोहोरो करमुक्ति सम्झौता छिट्टै

जनपत्र
२ पुष २०७६, बुधबार ०६:४४

लायतसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अघि बढ्ने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडा र नेपालका लागि बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटबीच मंगलवार भएको भेटवार्तामा दोहोरो करमुक्ति सम्झौताको प्रक्रियालाई छिट्टै टुंगाउनेबारे छलफल भएको हो ।

पछिल्लो समय नेपालमा बेलायती लगानी बढ्दै जाँदा दुवै देश करमुक्ति सम्झौता गर्न सकारात्मक भएका हुन् । चालू आर्थिक वर्षको पहिलो ५ महीनामै बेलायतबाट झन्डै २ अर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । हालसम्म बेलायतबाट ७ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता नेपालमा आएको छ ।

मूलतः करदातालाई दोहारो करको भारबाट मुक्ति दिलाउन सम्बद्ध मुलुकको आयकर कानूनले तिरेको कर मिलान गर्न पाउने वा त्यस्तो कर खर्च लेख्न पाउनेजस्ता व्यवस्था गरिएको हुन्छ, जसले विदेशी लगानीकर्तालाई लाभ दिन्छ । करदातालाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानूनी व्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने चलन रहेको छ । वैदेशिक लगानीलाई प्रवद्र्धन गर्न पनि यस्तो सम्झौता गर्ने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*