घुम्नैपर्ने देशमा नेपाल पहिलो !

जनपत्र
२ पुष २०७६, बुधबार ०६:४२

नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाइरहेको बेलामा विश्व चर्चित अमेरिकी विजनेश म्यागेजिन फोर्ब्समा एकजना लेखकले आगामी दशकमा विश्वका भ्रमण गर्नुपर्ने ‘टप टेन’ मुलुकको बारेमा एक आलेख लेखेका छन् । ११ डिसेम्बर २०१९ मा प्रकाशित क्याथेरिन पार्कर माग्यारको सो आलेखमा नेपाललाई भ्रमणको १ नम्बर सूचीमा राखिएको छ । नेपालको बारेमा चर्चा गर्दै उनले जंगल सफारी र हिमालयमा प्राइभेट ट्रेकिङ्गका लागि नेपालको महत्व दर्शाइएको छ ।

नेपालमा विश्वकै उच्च शिखर सगरमाथा रहेको प्रसंगसमेत उनले त्यसमा उल्लेख गरेकी छन् । त्यसपछि उनले इक्वेडर, न्यूजील्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालाई पनि सूचीमा पारेकी छन् । उनको आलेखमा नेपालसमेत १० गन्तव्य छानिएकोलाई अर्को दशकका लागि ‘टेन बकेट लिस्ट’ को रुपमा उल्लेख गरिएको छ ।

२०२० मा भ्रमण गर्नुपर्ने मुलुकको फोर्ब्सले तयार पारेको अर्को सूचीमा भने नेपालको नाम छैन । सो सूचीमा लस भेगस, तेल अभिभ, मकाउ, नाशभिल्ले, युएस र बृटिश भर्जिन आइल्याण्ड, ओकिनावा, दुबई, टोक्यो, इडिनबर्ग, सोनोमा, रियाध, रोम, कोहलर विस्कोन्सीन, मोन्टेरि क्यालिफोर्निया, बैंकक, मेक्सिको, जमैका, माल्दिभ्स, सेन्ट पिटसवर्ग र केप टाउनको नाम दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*