बिनिमा बनिन पहिलो ‘मिस तामाङ मकवानपुर’

जनपत्र
२९ मंसिर २०७६, आईतवार ०७:१७

मकवानपुरमा पहिलो पटक आयोजना गसरिएको पहिलो ‘मिस तामाङ मकवानपुर’ बिनिमा लामा (दोङ) हुन सफल भएकी छिन् ।
शनिबार हेटौंडामा सम्पन्न भएको फाइनलमा हेटौंडा–८ की दोङ मिस तामाङ मकवानपुर–२०७६ हुन सफल भएकी हुन् । त्यसैगरी रेखा लामा (लो) फस्ट रनर अप र आरती थिङ सेकण्ड रनर अप भएकी छन् ।

कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी उप–प्रमुख मिना लामाले तामाङ समाजको मौलिक संस्कारहरुको संरक्षण र प्रबर्धनमा यस किसिमका कार्यक्रमले विशेष टेवा पुर्याउने बताएकी छन् । तामाङ भाषा, कला र सस्कृतीको बारेमा जनकारी गराउन र संरक्षणमा लाग्न कार्यक्रमको आयोजना गरिएको हरेक वर्ष निरन्तरता दिने समेत मिस तामाङ मकवानपुर कार्यक्रमका संयोजक माया लामाले बताउनु भयो । हेटौंडा उपमहानगरपालिकाकी उप–प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*