पूर्वी युरोपका आधाभन्दा बढी वैज्ञानिक महिला

जनपत्र
२६ मंसिर २०७६, बिहीबार ०६:५१

हामी सामाजिक रुपमा धेरै आधुनिक भइसके पनि अझै विज्ञान र प्रविधिको विषयलाई पुरुषकै दुनियाँ मानिन्छ । यसको उदाहरण हो सन् १९०३ मा म्यारी क्युरीले पहिलोपटक नोबल पुरस्कार प्राप्त गरेदेखि हालसम्म ६०० जना पुरुष ‘फिजिक्स’, ‘केमेस्ट्री’ र ‘मेडिसिन’ सम्बन्धी खोजका लागि सम्मानित भएका छन् तर अर्कोतर्फ महिलामा चाहिँ १९ जना मात्र पुरस्कृत छन् ।

यसरी हाल विश्वभर केबल २८ प्रतिशत महिलाहरु अनुसन्धानकर्ताका रुपमा कार्यरत् छन् । यहाँसम्मकी लैङ्गिक समानतालाई अन्य भूभागमा भन्दा बढी महत्व दिइने इयुमासमेत वैज्ञानिक र इन्जिनियरहरुमा मात्र दुई चौथाइ महिला छन् । अझ जर्मनी र फिनल्यान्डमा त तीनमध्ये एकजना भन्दा थोरै महिलाहरु विज्ञान सम्बन्धी परियोजनामा सहभागी छन् ।

तर पूर्वी युरोप भने यसमा अपवाद साबित भएको छ । नेदरल्यान्डस्थित लेइडन युनिभर्सिटीले सार्वजनिक गरेको हालैको रिपोर्टअनुसार लिथुएनियाका ५७ प्रतिशत वैज्ञानिक र इन्जिनियरहरु महिला छन् । त्यस्तै बल्गेरिया र लट्भीया पनि विज्ञान सम्बन्धी खोज गर्नेहरुमा ५२ प्रतिशत महिला रहेका छन् । यसैगरी पोल्यान्ड र सर्बिया पनि अनुसन्धान प्रकाशनमा विश्वकै सबैभन्दा समान मुलुकहरुको सूचीमा शीर्षमा परेका हुन् । यसरी दक्षिण पूर्वी युरोपमा मात्र विश्वका ४९ प्रतिशत महिला अनुसन्धानकर्ताहरु छन् जसलाई सोभियत युगको देन पनि भनिएको छ ।

त्यसबेलाको कम्युनिस्ट शासनमा महिला र पुरुष दुवैलाई बलपूर्वक कुनै विकल्प नदिइ वैज्ञानिक करियरमा लगाइने गरिएको थियो । अहिले त्यस किसिमको जबरजस्ती हटिसक्यो तर ल्याबमा महिलाहरुले काम गर्ने प्रवृत्ति भने अझै जारी छ । आज युरोपमा अभियानकर्ताहरुले महिलाहरुले पनि उच्च पदमा काम गर्न पाउनुपर्ने नारा लगाइरहेका छन् ।

तर यसमा धेरै महिलाहरुले कलेज सकिएपछि विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित लगायतका विषयसँगको सम्बन्ध अन्त्य गर्ने गरेको पाइएको छ । यस्तोमा माइक्रोसफ्टले गरेको एक अध्ययनले महिला ‘रोल मोडल’ ले युवतीहरुलाई विज्ञान विषयप्रतिको रुची बढाउन धेरै प्रभावित गर्न सक्ने देखाएको हो । ‘युरोपियन इन्स्टिच्युट फर जेन्डर इक्वालिटी’ का अनुसार विज्ञान सम्बन्धी विषयहरुमा महिला र पुरुषहरुको सहभागीताबीचको अन्तर कम गराउनुले युरोपको मात्र कूल घरेलु उत्पादन तीन प्रतिशतले बढाइदिन सक्छ भने २०५० सम्ममा १२ लाख बढी रोजगारका अवसर सिर्जना गर्न सक्छ ।

पछिल्लो दशक युरोपको प्राविधिक क्षेत्रमा रोजगारी दर अन्यको तुलनामा चार गुणाले वृद्धि भएको छ । तर युरोपियन कमिसनले भने आगामी वर्षमै यस क्षेत्रको वृद्धि अचानक कम हुने भविष्यवाणी गरेको छ । सूचना तथा संचार प्रविधि, आइसीटी मा ५ लाख भन्दा अधिक कामदारहरुको अभाव हुने हुनाले नै त्यस्तो समस्या आइपर्ने कमिसनको भनाइ छ ।

२०१७ मा मात्र युरोपेली संघका आधा भन्दा बढी व्यवसायहरुले आइसीटी विशेषज्ञ नियुक्त गराउने प्रयास गर्दा पद सङ्ख्या पूरा गर्न निकै संघर्ष गर्र्नुपरेको थियो । तर यता रोजगारीमा युरोपकै सबैभन्दा कम लैङ्गिक अन्तर भएको लिथुएनिया र आईसीटी विशेषज्ञमा महिलाहरुको बाहुल्यता रहेको बल्गेरियामा भने कुनै समस्या देखिएन । द इकोनोमिस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*