नेपालको कला, संस्कृति र रितिरिवाज देखेर सवै लोभिन्छन्–मन्त्री नेपाल

जनपत्र
२१ मंसिर २०७६, शनिबार १९:४४

हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले हजारौँ वर्षदेखि चलिआएका रितिरिवाज, परम्परा र संस्कृतिहरु हाम्रा साँचो र अमूल्य सम्पत्ति भएकाले सबै मिलेर यसको संरक्षण गर्नुपर्ने वताउनुभएको छ ।

काभ्रेको चौँरिदेउरालीमा साङ्गे च्योम्दाने ह्युल्सा सेवा समितिद्वारा निर्मित २१ फिट अग्लो बुद्ध मुर्तीको समुद्घाटन समारोहलाई उद्घाटन् गर्दै मन्त्री नेपालले संसारका सम्पन्न देशका नागरिकहरु पनि नेपालको कला, संस्कृति र रितिरिवाज देखेर लोभिएको वताउनुभयो । मन्त्री नेपालले भन्नुभयो–‘हाम्रा रितिरिवाज संस्कृति र परम्पराहरु लोप हुनबाट जोगाउनुपर्छ । ब्राण्डिङ गर्नुपर्छ, मार्केटिङ गर्नुपर्छ र देशको समृद्धिको आधार बनाउनुपर्छ । हाम्रा संस्कृतिहरुमाथी हुनसक्ने प्रहारहरुलाइ सबै मिलेर रोक्नुपर्छ ।’

संसारमा नेपाललाइ चिनाउनमा सिद्धार्थ गौतम बुद्ध र बुद्ध धर्मको योगदानको प्रशंसा जति गरेपनि पर्याप्त नहुने उहाँले वताउनुभयो । गौतम बुद्धको मुर्ति निर्माण गर्दै पर्यटकीय पार्क बनाउने योजना प्रशंशनिय रहेको वताउँदै उहाँले भन्नुभयो–‘यो योजना सफल बनाउन मेरो तर्फबाट यथासम्भव प्रयत्न रहनेछ । यस क्षेत्रलाइ पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्षमा उचित बजेटको व्यवस्था गरिनेछ ।’ कार्यक्रममा प्रतिनिधिसभाका सदस्य नविना लामाको विशेष आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*