अवको शिक्षा प्राविधिक र रोजगार मुलक हुनुपर्छ–मुख्यमन्त्री पौडेल

हेटौंडा । हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय नवनिर्मीत भवनको आज उद्घाटन् तथा हस्तान्तरण गरिएको छ । कुल ५ करोड ९२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको १८ कोठे विद्यालय भवनको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभयो । जाईकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो ।
भवनको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अवको शिक्षा प्राविधिक र रोजगार मुलक आवस्यक रहेको वताउनुभयो । अहिले शैक्षिक वेरोजगार उत्पादन गर्ने थलो वने पनि अव भने विद्यालयको पढाइसक्दा कुनै पनि विद्यार्थी रोजगारीबाट विमुख हुनु हुँदैन ।’ आधुनिक बिद्यालय हेटौंडाको शान रहेको वताउनुभयो । देशलाई अगाडी वढाउन शिक्षा प्रणालीमा सुधार आउन जरुरी रहेको वताउनुभयो ।
समयमा काम नसक्नेलाई जरिवाना गर्ने र काम छिटो सक्ने ठेकेदारलाई पुरस्कृत गर्नुपर्ने उहाँले वताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आधुनिक विद्यालय मकवानपुरको चिनारी रहेको वताउनुभयो । कार्यक्रममा डिएलपीआईयु शिक्षा मकवानपुरका प्रमुख वद्री वहादुर पाठक, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।