सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एकै परिवारका पाँचसहित ६ जनाको मृत्यु

जनपत्र
१५ मंसिर २०७६, आईतवार ०८:२९

काठमाण्डौ – पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिकाको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ जनासहित ६ जनाको ज्यान गएको छ ।

विराटनगरको गोल्डेन अस्पतालमा शनिबार राति उपचारको क्रममा उदयपुर त्रियुगा नगरपालिका वडा ९ की शिवमाया राईको ज्यान गएपछि शव लिएर घर फर्कँदै गरेको एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ सहित ६ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा उदयपुर त्रियुगा नगरपालिका वडा ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र एम्बुलेन्स चालक राजेश दनुवारको ज्यान गएको ट्राफिक प्रहरी कार्यालयका प्रखुम एसपी भीम दाहालले जानकारी दिनुभयो ।

वीरगञ्जबाट विराटनगरका लागि छुटेको ना ३ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६३ नम्बरको एम्बेलेन्स ठोकिँदा एम्बुलेन्समा रहेका सबै जनाको ज्यान गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*