मकवानपुरमा मानव बेचविखन नियन्त्रण गर्न कार्यक्रम

जनपत्र
१२ मंसिर २०७६, बिहीबार १८:२१

हेटौंडा । नारी सिप सृजना केन्द्र नेपालको आयोजनामा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण स्थानीय समितिको अभिमुखीकरण कार्यक्रम हेटौंडामा भएको छ । एडव्लुओ इन्टरनेस्नलको सहकार्यमा मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना अन्तरगत कार्यक्रम गरिएको हो ।

मकवानपुरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति अभिमुखिकरण कार्यक्रम हेटौडामा भएको हो । स्थानीय समितिका सदस्यहरु सहित जम्मा १७ जनाको उपस्थितिमा कार्यक्रम गरिएको थियो । स्थानिय सरकार संचालन एैन, २०७४ अन्तरगत वडा समितिको गठन, वडा समितिको काम कारवाही, प्रमुख कार्य, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण स्थानीय समितिको कृयाशिलता, मुद्धा दर्ता आदि कानुनको बारेमा जानकारी तथा स्थानिय समितिको अनुभव आदान प्रदान गरिएको हो ।

कार्यक्रममा सहभागिहरुले नेपालमा स्थानिय सरकार संचालन एैन,२०७४ को कानुनी व्यबस्था बारेमा जानकारी हासिल गर्न तिब्र इच्छा देखाएको नारी सिपका फिल्ड संयोजक कविता विडारीले जानकारी दिनुभयो । घटना दर्ता सम्बन्धि व्यवस्था साथै कसुर तथा उजुरी गर्ने कानुनी प्रकृया बारे के कस्ता प्राबधानहरु रहेका बिषयमा जनकारी लिनुपर्ने, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कानुनी कुरा बुभ्न १ दिनको अभिमुखिकरण कार्यक्रम अपुग भएको समेत वताएका छन् ।

कार्यक्रममा नेपालमा स्थानिय सरकार संचालन एैन, २०७४ को कानुनी व्यबस्था बारे छलफल, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण स्थानीय समितिको कृयाशिलता, मुद्धा दर्ता आदि कानुनको बारेमा जानकारी, नेपालमा मानव बेचविखन तथा ओसारपसार अपराधको कानुनी व्यबस्था बारे जानकारी, स्थानिय समितिको अनुभव आदान प्रदान, वडा समितिको गठन, वडा समितिको काम कारवाही र प्रमुख कार्यहरुको बारेमा छलफल, मानब वेचविखन तथा ओसारपसारबाट परिवार, समाज र राष्ट्रमा परेको समसायिक घटना तथा असरको बारेमा विस्तृत जानकारी, उद्धार, पुर्नस्थापना तथा पुर्नमिलन सम्बन्धि व्यबस्था बारे जानकारी समेत गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*