नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज विदेशी समुद्रमा

जनपत्र
१२ मंसिर २०७६, बिहीबार ०६:५६

तेस्रो मुलुकसँग व्यापार तथा पारवाहनमा पुहँच विस्तार गर्न नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज संचालन गर्न भारतसँग सहमति भएको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन द्विपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।

नेपाली झन्डासहितको पानीजहाज संचालनपछि आयातनिर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ । नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल–भारत पारवहन सन्धि ‘प्रोटोकल’ मा जलमार्ग एव बहुविधिक रुट ढुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको छ । राजधानी दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*