हेटौंडाको सहिद स्मारकमा पर्यटकको आकर्षण बढ्दै, वार्षिक ५ लाखभन्दा बढि पर्यटक (भिडियो सहित)

दिपक सिंह रुम्बा
१२ मंसिर २०७६, बिहीबार ०६:३८

हेटौंडा/मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा रहेको सहिद स्मारकले आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षण गर्न सफल भएको छ । समुदायबाट स्थापित एवं सञ्चालित सहिद स्मारक पर्यटकहरूको महत्वपूर्ण गन्तव्यस्थल बन्दै गएको छ । हेटौंडाबाट ७ किलोमिटरको दूरीमा २०५१ माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको उक्त सहिद स्मारकको अवलोकन गर्न अहिले वार्षिक ५ लाखभन्दा बढी पर्यटक आउने गरेका छन ।

नेपालको राष्ट्रियता, प्रजातान्त्र र इतिहासका विविध कालखण्डमा आफ्नो जीवनको आहुती दिने सहिदहरूको प्रतीकस्वरूप १२ जना सहिदका मुखाकृति एउटै ढुंगामा कुँदेर स्थापना गरिएको सहिद स्मारक यथार्थमा जनस्तरबाट निर्माण गरिएको एक अद्वितीय धरोहरको रूपमा परिणत भएको छ ।

२५ टनको एउटै अजङ्गको ढुंगामा राष्ट्रको स्वाधीनताका निम्ति ब्रिटिस सेनाविरुद्ध लडेर वीरगति प्राप्त गर्ने भक्ति थापा, १०४ वर्षीय जहानियाँ राणाशासनविरुद्ध प्रजातन्त्र प्राप्तिको लडाइँ अमरत्व प्राप्त गर्ने वीर सपूतहरू दशरथ चन्द, गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री र २०१७ सालपछि पञ्चायती निरकुशताविरुद्ध गरिएका विभिन्न जनसंघर्षका क्रममा वीरगति प्राप्त गर्ने रत्नकुमार बान्तवा, भीमदत्त पन्त, यज्ञबहादुर थापा, दुर्गानन्द झा, वीरेन्द्र राजवंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको आकृति कुँदिएका छन ।
Image result for smarak hetauda"

स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुंगामा कलात्मक ढंगले कुँदिएको मुखाकृतीले बिभिन्न कालखण्डको स्मरण गराउँछ । प्रमुख आकर्षकको रुपमा रहेको कलाकृति सहिद दिवसको दिन मात्र खुला हुन्छ । नवलपुर सरस्वती सामुदायिक वन भित्रको ३० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सहिद स्मारकमा २५ वर्षको बीचमा पर्यटकहरू आकर्षण गर्न पर्यटकीय पूर्वाधारहरू एकपछि अर्को गर्दै थपिएका छन । जसले गर्दा पर्यटकहरू आकर्षित भइरहेका छन । जनस्तरबाट नै स्थापित एवं सञ्चालित भएकोले प्रवेश शुल्क नै सहिद स्मारकको मुख्य आर्थिक स्रोत हो ।

पर्यटकलाई आकर्षण गर्न जिल्लाको पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, आकर्षक सहिद स्तम्भ, आकर्षक उद्यान, दृश्यावलोकन टावर, नमुना चिडियाघर, मदनवाटिका, बालउद्यान, स्वीमिङपुल आदिको पूर्वाधार निर्माण गरेको छ । दैनिक हजारौँ पर्यटक आउने यस स्मारकको सरसफाइ अनुकरणीय छ ।

सार्वजनिक बिदा र शनिबारका दिन सहिद स्मारकमा थामिनसक्नु आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन । बिशेषगरि उक्त स्मारकमा असोजदेखि माघ महिनाको अन्तिमसम्म पिक्निक गर्नेको घुइँचो लाग्ने गर्छ । स्मारकमा प्रबेश गर्न आन्तरिक पर्यटकको लागि रु. ४०, बिद्यार्थीको लागि रु. २५, सार्क राष्ट्रभित्रको पर्यटकको लागि रु. ७५ र सार्क राष्ट्र बाहेकका बाह्य पर्यटकको लागि रु. १३५ का दरले प्रवेश शुल्क लिने गरेको छ । त्यसैगरि चुलो पिक्निकको लागि रु. ३५० र ड्राई पिक्निको लागि रु. १०० शुल्क लिने गरेको छ तिनै शुल्कबाट वार्षिक एक करोड पचास लाखको हाराहारीमा आम्दानी हुने गरेको ।

सहिदकाबारेमा अध्ययन, अनुसन्धान एवं खोज गर्न चहानका लागि अनुसन्धान केन्द्रको रुपमा सहिद स्मारकमा सहिद ग्यालरी निर्माण गरिएको छ । त्यहाँ सहिदका बारेमा प्रकाशित पुस्तक, लेख, रचना, फोटो आदि संग्रहित छ । पार्कमा स्व. मदन भण्डारीको सालिक, त्यसैगरि प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ जहाँ प्रजातान्त्रिक योद्ध सर्बमान्य ब्याक्तित्व स्व. बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र मनमोहन अधिकारीको सालिक निर्माण गरिएको छ भने उक्त पार्कको यही माघ १६ गते सहिद दिवसको दिनमा सम्माननीय राष्ट्रपतिले अनावरण गर्ने तयारी रहेको समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानले बताए ।

स्मारकमा सहिदहरुको सम्झनामा १९ मिटर गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । चारैतिर बगैंचा र अग्रभागमा नेपालको प्राकृतिक नक्सा निर्माण गरिएको छ । स्तम्भ करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । ९० लाख रुपैयाँ स्थानीय विकास मन्त्रालयको सहयोग र बाँकी सहिद स्मारक विकास समितिको लगानीमा स्तम्भ निर्माण गरिएको हो । स्मारकमा रहेको चिडियाखानामा बिशेषगरि जरायो, मृग, चितुवा, बादर, ढेँडु, घडियाल गोही, अष्ट्रिज र ईनो हेर्नेहरुको बिशेष भिड हुन्छ ।

बार्षिक ५ लाखभन्दा बढि पर्यटकहरुको आगमन हुने स्मारकमा पिक्निकको लागि ८ वडा सेडा १५० भन्दाबढि पिक्निक स्थलहरु निर्माण गरिएको छ । शनिबार तथा बिदाको दिनमा करिब ७ हजार, अरुबेला ३ हजार र नयाँ वर्षको दिनमा लगभग ५० हजारको हाराहारीमा पर्यटकहरु आउने गर्दछ । स्मारकको सरसफाईको लागि ३३ जना कर्मचारी कार्यरत छन । नेपाल तथा भारतका बिभिन्न स्थानबाट घुम्न आउने पर्यटकहरुले स्मारको मन खोलेरै प्रशंसा गरेको पाईन्छ ।

दिननु दिन सहिद स्मारकमा पर्यटकहरुको संख्या झन झन बढ्दै भएको छ । बढ्दो भिडसंगै त्यस क्षेत्रमा उश्रृङ्खल गतिबिधि तथा हुलदंग हुन नदिन सुरक्षा व्यवस्था राम्रो बनाए र अहिलेसम्म त्यस्तो अप्रिय घट्ना नभएको जिल्ला प्रहारी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको भनाई छ ।

जनस्तरबाट स्थापना भएको भएपनि सहिद स्मारकले देश तथा बिदेशको पर्यटकहरुलाई आकर्षण गर्न सफल भएको देख्दा पक्कै पनि जनताहरु एकजुट भएमा अरु कसैको मुख ताक्नु नपर्ने रहेछ भन्ने कुरा प्रष्ट भएको हुन्छ । नेपाल सरसरकाले भिजिट नेपाल २०२० कार्यक्रम अघि सारि रहँदा बिभिन्न स्थानमा स्थापना भएका पार्कहरुले सरकारको योजनामा साथ दिएको छ भने हामीले पनि आन्तरिक पर्यटन प्रवर्दनको लागि मन लगाउने हो भने भिजिट नेपाल २०२० सफल पार्नलाई साहयोग पुग्थ्योकी ?

भिडियो हेर्नुस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*