सरकार र पाटीको नेतृत्व आलो, पालो गर्ने कन्फ्युजन हट्यो–अध्यक्ष प्रचण्ड
हेटौंडा । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आलो, पालो गर्ने भन्ने कन्फ्युजनको पनि अन्त्य भएको वताउनुभएको छ । नेकपा मकवापुरले आज हेटौंडामा गरेको कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो–‘हामी दुवैजना अध्यक्ष हौं । पाटीमा वढी जोड मेरो हुन्छ । सरकारमा अर्का अध्यक्षको हुन्छ ।’

दुईपाटीको उदेस्य चुनाव जितेर सरकार वनाउने मात्र नभइकन ७० वर्ष सम्मको अराजकताको अन्त्य पनि गर्नु रहेको उहाँले वताउनु भएको छ । यतीको राजनीतिक स्थायीत्व अरु वेलामा नभएको वताउँदै उहाँले भन्नुभयो–‘अव एकतावद्ध भएर जाने हो । विकास हुन्छ । भारत र चिनको विचमा परेकाले पनि विकास हुन्छ ।’

चिनका राष्ट्रपतिको भ्रमणले ठुलो सन्देश गएको उहाँले वताउनुभयो । आफुहरुले गरेका कामहरु ठिक गरियोकी गरिएन भनेर हेर्नका लागि उहाँले आग्रह गर्नुभएको छ । सवैतिर चुनावी अभियान हेर्दा निकै उत्साह वढेको वताउनुभयो । परिवर्तन प्रतिको आस्था र भरोसा राम्रो भएको उहाँको भनाई छ । देशलाई विकास र समृद्धीको प्रकृयामा लैजानका लागि आफ्नो प्रयास रहेको वताउनुभयो । अवको संक्रमण काल टुङ्गीएको उहाँले वताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवारज दुलाल, नेकपाका प्रदेशका प्रमुख सचेतक रामेश्वर फूयाल, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, सह इन्चार्ज रामेश्वर राना, नेकपा मकवानपुरका सहइन्चार्ज कुमारी मोक्तान, अध्यक्ष मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाको उपस्थिती रहेको थियो ।







