शहरका बालिबालिका मोवाइलमा झुण्डीने, गाउँकाले अधिकार पाएनन्

भगवती पुणासैनी
४ मंसिर २०७६, बुधबार १७:०९

सुनिश्चित बाल अधिकार,सम्बृद्व नेपालको आधार, भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाई रहदा नेपालमा पनि तिनै तहको सरकार ,गैरसरकारी संस्था तथा सबै सरोकारवाला निकायले मनाएको छ ।

१९८९ नोभेम्वर २०मा संयुक्त राष्ट्र संघले पारित गरेको बाल अधिकार २०१९ नोभेम्बर २० अर्थात आजकै दिन ३० औ दिवस मनाउन सफल भएको छ । नेपालले अन्तराष्ट्रिय विभिन्न संन्धि महाँसन्धिहरुमा हस्ताक्षर गर्दै बाल अधिकार, महिला अधिकारका सवालमा काम गर्दै अहिले नेपालको संविधान २०७२ को धारा ३९ मा बाल संरक्षण तथा बालबालिकाका सबै अधिकारहरु उल्लेख गरिईको छ । उक्त संविधानको अधिनमा रही नेपाल सरकार संघ प्रदेश र स्थानिय तिनै तहले आ–आफ्नो अधिकार क्षेत्र भित्र रहेर कार्यन्वयनका लागि ऐन,कानुन र कार्यविधिका साथ बजेट सहितको योजना तयार गरेर अगाडि बढी रहेको छ ।

यसै संन्धर्वमा प्रदेशनं ३ ले आफ्नो प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउँने उद्येश्यले बालिका दुलही हुदैनन भन्ने अभियान शुरु गरि सकेको छ । यसै अभियानलाई सार्थकता दिन जिल्ला समन्वय समितीले आफ्नो जिल्ला सभा २०७६ ले २०७८ मा बालमैत्री जिल्ला घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । यसका लागी रणनैतिक ढंङ्गले अगाडि बढ्न स्थानिय तहको सरकारलाई आवश्यक सल्लाह सुझाब समन्वय,सहजिकरण ,अनुगमन समेत गर्ने र वडा स्तर देखि प्रभावकारी सुचकहरु तयार गर्दै कार्यन्वयन चरणमा लाग्ने छ ।

२०७५ मा जिल्ला समन्वय समितीको समन्वय र स्थानिय तहको सक्रियता र जिल्लामा कार्यरत सरकारी, गैरसरकारी सबै संघ संस्थाको सक्रिय पहल कदमी र उत्कृष्ट कार्यले मकवानपुरलाई सहयोगापेक्षि सडकमानवमुक्त जिल्ला घोषणा गर्न सफल भएका छौं । यो कार्यले विभिन्न समस्यामा परेर सडक पेटीमा आईपुगेका बालबालिका र निकृस्त श्रमशोषणमा परेका बालबालिकाहरुको खाजि गर्दै सहयोगी संघ संस्थाहरुले लालन पालन र व्यवस्थापन गर्दै यो अभियानलाई ठुलो सहयोग पुर्याएका छन । यो महाँन कार्यमा सहयोग गर्नुहुने सबै सहयोगी निकायहरु धन्यवादको पात्र हुनुहुन्छ ।

यसरी बाल संरक्षण र बाल अधिकारका क्षेत्रमा सरकार र संघ संस्थाले मात्र गरेर पुग्दैन बालबालिकाको सर्वाङ्गिण विकासका लागि घर पहिलो पाठशाला हो अभिभावक यसका प्रमुख दायित्व लिने जिम्मेवार पात्र हुन । तर सबैले यो कुरा मनन गर्न नसक्दा ,आर्थिक अभाव र गरिवीका कारण विपन्नको हैसियत पुग्दैन सम्पन्न र बुझ्नेले पनि बुझ पचाएर व्यावहारमा लागुु नगर्नाले घर परिवार र समाज बाटै बाल अधिकारको हनन् भैरहेको पनि छ ।

मलाई पनि यो बाल दिवसले आफ्नै सन्तानको दायित्व तिर फर्कायो, स्मरण गरायो, झस्कायो । मेरा तीन जना नाति र एक नातिनीको धनी हजुुरआमा भैसकेकी म । आफुले छोरा छोरी हुर्काउँदा सम्म यति धेरै अधिकारका बारेमा चोक चौतारा, कार्यलयहरुमा कुरा चल्दैनथ्यो । गोष्टि भेलाहरुमा अरुले भनेको आदर्शका भाषणमा सुनिन्थ्यो भाष लिईन्थ्यो तर व्यवहारमा पुर्याउन निकै कठिन हुन्थ्यो ।

बाल अधिकारका कुरा गर्दा बालबालिकाको शारिरीक,मानशिक,वौद्यिक र भावनात्मक वा संवेगात्मक चौतर्फि विकाशमा सकारात्मक भुमिका निभाउँदै उनिहरुको शिक्षा, स्वास्थका साथ सामाजिक हैसियत अनुसार लालन पालन राम्रो गर्नु हामी सबैको दायित्व हो ।

शहरका बालबालिकाले आमाको काखमा मोवाईलमा गेम खेल्दै आमाकै हातले कोखाई, कोखाई गरेर भात खुवाउँदा उहीँ उमेरका बालबालिका आफ्नो काम मात्र नभै परिवारलाई सघाउनु पर्ने वाध्यतामा हुर्केका छन । बाल अधिकारका कुरा गर्दा शहरमा अधिकारका कुरा धेरैले उठान गर्छन् । गाउँका धेरै बालबालिकालाई वाल अधिकारका कुरा समेत थाहा छैन । उनीहरु विहान देखि बेलुकी सम्म काम गरेर भ्याइ नभ्याइ हुन्छन् । केही घण्टा बिद्यालयमा विताए पनि अरु समय घरको काममा व्यस्त हुन्छन् । शहरका बालिबालिका मोवाइलमा झुण्डीने, गाउँकाले अधिकार नपाउने समस्या छ ।

गाउँघरमा बालश्रमशोषण नगर्नु भनेका कुरा ठ्याकै उल्टो हुन्छ । किनकी घरायसी कामको बोझलााई बच्चालाई नै सहयोगी साथी बनाउँनु पर्ने आमाहरुको पनि वाध्यता छ । पोषणका कुरा गर्दा खाना खाजा पनि समयमा कहिलै दिन नसकिने र बाल अधिकार हनन् भएको महसुस भैरहेको छ । पहिला अधिकार बुझ्न कठिन भयो अहिले अधिकार बुझेर पनि केही गर्न नसक्दा पारिवारिक रुपमा म पनि अति दुखिद छु ।

अधिकारका क्षेत्रमा संस्थागत हिसावले लामो समय काम गर्दै आज सरकारको संयन्त्र जिल्ला समन्वय समितीको उपप्रमुख जस्तो जिम्मेवार पदमा रहेर अरुलाई कर्तव्य वोध गराउँन खोज्दा आफ्ले आफैलाई प्रश्न सोधी रहेकी छु । महिले हजुरआमा भएर पूर्ण रुपले दायित्व लिन कति सकि र नाति नातिनाको रहर कति पुरागरे । जनपत्रका लेखक भगवती पुणासैनी जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*