होटलमा चोरलाई महिलाले सिकाइन् सवक, हेर्नुस् भिडियो
यो घटना अमेरिकाको केन्टुकी राज्यको हो । एक महिला कर्मचारीको चातुर्य, फुर्ती तथा तेज दिमागका कारण एउटा होटलमा चोरी रोकिएको छ । अनि यो घटना सिसिटिभीमा कैद पनि भएको छ । त्यो सिसिटिभीमा कैद भएको भिडियो केन्टुकीको प्रहरीले आफ्नो फेसबुकमा राखेको छ । त्यसपछि त ती महिलाको बहादुरी तथा र सुझबुझको निकै प्रशंसा गरिएको छ ।
खासमा एउटा चोर बन्दुक लिएर होटलमा लुट्न पुगेको हुन्छ । उसले काउन्टरमा बन्दुक देखाएर महिलासँग सबै पैसा माग्छ । जब चोर ती नोट बटुल्न थाल्छ, महिलाले उसले टेबलमा राखेको बन्दुक समाएर उसैलाई ताक्छिन् ।
प्रहरीले यो भिडियो आफ्नो फेसबुकमा राखेको छ ।
https://www.facebook.com/dipak.lama.524/videos/1665618323572508/






