एसियन एमच्योर चेसको तयारी लगभग पुराभयो– अध्यक्ष श्रेष्ठ
मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस म्पियनसिपको तयारी लगभग पुरा भएको छ । आयोजक संस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल सङ्घले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएका हुन् ।
स्पोर्ट्स एकेडेमी र बुद्धिचाल सङ्घको संयुक्त आयोजना तथा काठमाडौँ महानगरपालिकाको सह आयोजनामा प्रतियोगिता ८ देखि १५ नोभेम्बरसम्म बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा हुने नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

स्विस लिग प्रणालीमा नौ चरण सम्म हुने प्रतियोगितामा नेपाल सहित भारत,चिन, बङ्गलादेश, श्रीलङ्का, किस्तान,मालदिभ्स,भुटान, मलेसिया,भियतनाम,फिलिपिन्स,काजकिस्तान,कीर्गीस रिपप्लीक, म्यानमार, इरान,हङकङ, र जापानका गरी १७ देशका १ सय खेलाडीले सहभागिता जनाउने श्रेष्ठले वताउनुभयो ।
१३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले क्यान्डीडेट मास्टर तथा महिला तर्फको विजेताले उमन क्यान्डीडेट मास्टरको उपाधि पाउने छन् । क्लासीकल तर्फ ३६ तथा ब्लीट्ज तर्फ ६ खेलाडीले पुरस्कार पाउने छन् । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् ।







