नेपाली भूभाग भारतले नक्सामा समेटेपछि अनेरास्ववियूले भन्यो- ब्याक अफ् इण्डिया

जनपत्र
२१ कार्तिक २०७६, बिहीबार ०६:१५

गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलोमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । साथै उनीहरुले यथाशीघ्र नेपाल सरकारको धारणा माग गरिरहेका छन् ।

यसकै विरोधमा सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले र्‍याली निकालेको छ । र्‍यालीमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्च्याइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने बताउनुभयो । साथै उहाँले नेपाली भूमिको रक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदर्शनी मार्गबाट सुरु भएको र्‍याली बागबजार हुँदै शान्तिवाटिकामा गएर कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*