हेटौंडामा तेजाप छ्याप्नेलाई पक्राउ पछी सार्वजनिक, फाँसीको सजाय दिन पीडितको माग
हेटौंडा । हेटौंडामा साढे ६ वर्ष अगाडी एसीड प्रहार गरेर फरार रहेका भारत महाराजगन्ज्ज अमरपूर्वन वडा नम्बर ६ वस्ने राज भन्ने दिलीप राज केशरीलाई आज प्रहरीले पक्राउ गरेर हेटौंडामा सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै पीडित विन्दवासीनी कंशाकारले तेजाप छ्यापेर भाग्ने भारत महाराजगन्ज्ज अमरपूर्वन वडा नम्बर ६ वस्ने राज भन्ने दिलीप राज केशरीलाई फासीको सजाय दिनका लागि पीडितले गर्नुभएको छ ।
साढे ६ वर्ष अगाडी हेटौंडाको मेनरोडमा रहेको आफ्नै पसलमा आएर तेजाप छ्याप्ने पीडकलाई फासीको सजाय दिनका लागि पीडित विन्दवासीनी कंशाकारले माग गर्नु भयो । एसीड प्रहार गरेर भाग्नेलाई फासी दिन नसके जन्मकैदको सजाय दिनका लागि उहाँले माग गर्नुभयो । त्यती गर्न नसके हेटौंडा बजारमा छोडिदिएमा यहाँका जनताले कार्बाही गर्ने कंसाकारले माग गर्नुभयो ।
एसीड प्रहारबाट दशैभरी धेरै पीडित रहेकाले उनीहरुको न्यायको निम्ती पनि फासीको सजाय दिनुपर्ने कंशाकारले आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा माग गर्नुभयो । प्रहरीले केशरीलाई बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलोहीमा लुकेर वसेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा निरन्तर खटिएको प्रहरीटोलीले केशरीलाई पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय बारा अन्तरगत कार्यरत प्रहरी नायव निरीक्षक शागर शम्शेर जवरा सहितको प्रहरीको विशेष टोलीले केशरीलाई पक्राउ गर्न सफल भएको हो । बाराबाट पक्राउ गरेलगतै आज जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एज्ञ प्रसाद भटलाईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
विन्दवासीनीको आक्रोस, तेजाप छ्याप्नेलाई पत्रकार सम्मेलनमै झम्टीइन
हेटौंडामा साढे ६ वर्ष अगाडी एसीड प्रहार गरेर फरार रहेका भारत महाराजगन्ज्ज अमरपूर्वन वडा नम्बर ६ वस्ने राज भन्ने दिलीप राज केशरीलाई आज प्रहरीले पक्राउ गरेर हेटौंडामा सार्वजनिक गरेको छ ।
एसीड प्रहार गरेर फरार रहेका केशरीलाई आज मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै गर्दा विन्दवासीनी कंशाकारले रिस थाम्न सक्नु भएन । पत्रकार सम्मेलन गर्दै गर्दा एक्कासी दिलीपलाई पिट्न लाग्दा प्रहरीले कंशाकारलाई रोकेको थियो । तर, पनि दिलीपलाई पत्रकारकै सामु पटक पटक झम्टेर पिट्न लाग्दा उहाँका आफन्तहरुले पनि रोकेका थिए ।
एसीड आक्रमणबाट पीडतको ८० लाख खर्च
एसीड आक्रमणका कारण घाइते भएकी हेटौंडाकी विन्दवासीनी कंशाकारको हाल सम्म ८० लाख रुपैयाँ खर्च भएको वताउनुभयो । एसीड प्रहार गरेपछीको यो साढे ६ वर्षको अवधिमा विभीन्न अस्पतालमा गरी ८० लाख रुपैयाँ खर्च भएको वताउनुभयो । अहिले पनि उपचाररत रहेको उहाँको भनाई छ ।