दिल्लीको वायुको गुणस्तर थप नाजुक

जनपत्र
९ कार्तिक २०७६, शनिबार ०६:२६

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खस्केको पाइएको छ । तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था खराब देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार विहान ८।३० मा नयाँ दिल्लीको वायुको गुणस्तरको सुचक ‘एक्युआई’ ३२६ देखिएको थियो ।

त्यसैगरी धिरपुरको एक्युआई ३५१ भएकाले त्यहाँको अवस्था अझ नराम्रो रहेको विज्ञहरूले बताएका छन् । दिल्ली विश्वविद्यालय आसपासको एक्युआई ३५७ हुदाँ चाँदनीचोकको वायुको एक्युआई ३२५ देखिएको थियो । विज्ञहरूका अनुसार वायुमा एक्युआई शुन्यदेखि ५० सम्म देखिँदा वायुको अवस्था राम्रो मान्न सकिन्छ भने ५१ देखि १०० सम्म एक्युआई देखिँदा सन्तोषजनक मानिन्छ ।

त्यसैगरी एक्युआईको मात्रा १०१ देखि २०० सम्म देखियो भने सतर्क हुनुपर्ने, २०१ देखि ३०० सम्म देखियो भने कमजोर अवस्था मानिने, ३०१ देखि ४०० सम्म देखियो भने अति कमजोर ९खराब० र ४०१ देखि ५०० सम्म देखियो भने संकटपूर्ण अवस्था मानिने विज्ञहरूको भनाई छ ।

पन्जाब र हरियणा लगायतका छिमेकी राज्यहरुमा नियमितरूपमा घाँस पराल बाल्ने गरेका कारण नयाँदिल्लीमा वायुको गुणस्तर खस्किएको उनीहरूले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*