मकवानपुरमा संघिय सरकारको खरको छानो मुक्त अभियान

हेटौंडा । हेटौंडा उपमहनागरपालिका वडा नम्बर १९ को पन्द्रसोला भन्ने गाउँमा आज घरका छाना भएका परिवारका लागि जस्ता वितरण गरिएको छ । संघिय सरकारको खरका छाना विस्थापीत गर्ने कार्यक्रम अनुसार आज हेटौंडाको पनि विकट मानिएको पन्द्रसोला गाउँका नागरिकलाई मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडा सहितको टोलीले जस्तापाता वितरण गरेको हो ।
यस क्षेत्रका ५० परिवारलाई ५० हजार हजार रुपैयाँको दरले जस्तापाता वितरण गरिएको हो । खरको छाना भएका परिवारका लागि मात्र जस्ता वितरण गरिएको सांसद खतिवडाले वताउनुभयो । संघिय सरकारले चालु आर्थिक वर्षमा खरको छाना भएका स्थानमा जस्तापाता वितरण गर्ने कार्यक्रम अनुसार मकवानपुर क्षेत्र नम्बर २ मा मात्र जस्ता वितरणको कार्यक्रम रहेको छ ।
मकवानपुरको हेटौंडाको १९ नम्बर वडा, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुर गढी गाउँपालिकाका गरी २ सय परिवारलाई जस्तापाता वितरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा पहिलोपटक आज खरका छाना भएका घरलाई विस्थापीत गर्दै जस्तापाता वितरण गरिएको हो । संघिय सरकारको वजेटबाट मकवानपुर सहित विभीन्न जिल्लामा खरको छाना विस्थापीत गर्दै जस्तापाता वितरण गर्न लागिएको हो ।
‘जनता भनेको देउता हो हामी विर्षदैनौ’
मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले जस्तापाता वितरण कार्यक्रममा बोल्दै जनता भनेको भगवान भएको आफुहरुले नविर्षने वताउनु भएको छ । जनताले चुनावमा मत हालेर जिताएपछी काम सकिएपनि आफ्ना काम भने पाँच वर्ष सम्म रहेको वताउनुभयो ।
आफुहरुले यस क्षेत्रमा खानेपानी, सडक निर्माण, बिद्यालय, बिधुतिकरणका लागि काम गर्ने वताउनुभयो । देशको सवै भन्दा विकट कर्णाली भएकाले हेटौंडाको विकट क्षेत्र पन्द्रसोला भएको वताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहाँनगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले यस वडामा आफुहरुले विशेष ध्यान दिएर काम गरेको वताउनुभयो ।
सबै बालबालिका बिद्याल पठाउनका लागि आग्रह गर्दै उहाँले शिक्षामा अगाढी भएमा मात्र सवै क्षेत्रमा अगाढी वढ्न सकिने वताउनुभयो । कार्यक्रममा हेटौंडा १९ कमा वडा अध्यक्ष नरनाथ सुवेदीले आफ्नो वडामा विकट रहेको यसक्षेत्रमा ध्यान दिएर काम गरिएको वताउनुभयो । कार्यक्रममा प्रदेश ३ पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, स्थानीय अशोक थिङ लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।