मकवानपुरमा घाँस काट्न गएकी बालिका भिरबाट लडेर मृत फेला

जनपत्र
१० चैत्र २०८२, मंगलवार ११:३१

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा घाँस काट्न गएकी एक बालिका भिरबाट लडेर मृत अवस्थामा फेला परेकी छन्।

हिजो दिउँसो करिब साढे ३ बजे इन्द्रसरोवर गाउँपालिका–३ जातीपोखरी बस्ने बिरेन्द्र वाइबाको अन्दाजी ९ वर्षीया छोरी लमिना वाइबा घाँस काट्न भन्दै घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगलतर्फ गएकी थिइन्। साँझसम्म घर फर्की नआएपछि परिवार तथा स्थानीयले खोजतलास सुरु गरेका थिए।

खोजतलासकै क्रममा मिति २०८२ चैत १० गते बिहान करिब ७ बजे सोही क्षेत्रको चुत्रोघारीडाँडाको भिरबाट करिब ३०० मिटर तल लडेको अवस्थामा बालिका मृत फेला परेकी हुन्। घटनाबारे जानकारी बिहान साढे ७ बजे प्रहरी चौकी सिस्नेरीमा प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*