मकवानपुर क्षेत्र नम्बर–१ को सुरुवाती मतगणनामा रास्वपा अग्रस्थानमा

जनपत्र
२२ फाल्गुन २०८२, शुक्रबार १५:४१

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अग्रस्थानमा देखिएका छन्। हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालयको मतदान स्थानको मतगणना भइरहँदा रास्वपा अगाडी लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुरुवाती मतपरिणाममा रास्वपाले अग्रता लिएको हो। प्रारम्भिक गणनामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का उम्मेदवारहरू भने पछि परेका छन्।

मतगणना जारी रहेकाले थप परिणाम आउँदै जाँदा मतान्तरमा परिवर्तन हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ। साथै विभिन्न मतदान केन्द्रबाट प्राप्त मतपत्र क्रमशः गणना गरिँदै छ।

मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा आज बिहानबाट मतगणना सुरु भएको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सर्वदलीय प्रतिनिधिको उपस्थितिमा मतगणना भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*