प्रहरी विद्यालयको सातौं वार्षिक उत्सव तथा अभिभावक दिवस

जनपत्र
२६ माघ २०८२, आईतवार ०७:१०

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख तथा नेपाल प्रहरी विद्यालयका संरक्षक प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीको प्रमुख आतिथ्यमा विद्यालयको “सातौं वार्षिक उत्सव एवं अभिभावक दिवस–२०८२” कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवाल, भरतपुर महानगरपालिका शिक्षा शाखाका प्रतिनिधि अर्जुन सिंह मडै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका सदस्य प्रहरी उपरीक्षक गोविन्द पुरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डे लगायतको उपस्थिति रहेको थियो।

यसैगरी विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न विद्यालयका प्राचार्यहरू, विभिन्न वडा तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरू, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा संरक्षक प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले मन्तव्य राख्दै शैक्षिक गुणस्तर, अनुशासन र नैतिक मूल्य अभिवृद्धिमा विद्यालयको भूमिकाको प्रशंसा गर्नुभयो। साथै उहाँले विद्यार्थीहरूलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय रहन आग्रह गर्नुभयो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत, कराँते प्रदर्शन प्रस्तुत गरेका थिए। साथै नेपाल प्रहरी ब्याण्ड तथा विपद् व्यवस्थापन टिमद्वारा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक प्रस्तुति देखाइएको थियो।

विद्यालयको शैक्षिक, सांस्कृतिक तथा सचेतनामूलक गतिविधिहरूलाई समेट्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको विद्यालयले जनाएको छ। साथै विद्यालयको प्रचार–प्रसार प्रयोजनका लागि कार्यक्रममा खिचिएका विभिन्न तस्बिरहरू पत्रसाथ संलग्न गरिएको जानकारी दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*