मतदाता भेटघाटमा व्यस्त मकवानपुरका दुइ क्षेत्रका उम्मेदवार

जनपत्र
२४ माघ २०८२, शुक्रबार ०८:२९

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लास्थित राजनीतिक दल र उम्मेदवारहरू घरदैलो तथा मतदाता भेटघाट अभियानमा व्यस्त बनेका छन् । निर्वाचन नजिकिँएसँगै जिल्लामा सक्रिय नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, पार्टीलगायत राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् ।

सबै राजनीतिक दलका जिल्ला कमिटीले निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पालिकास्तरीय विस्तारित बैठक तथा कार्यकर्ता भेला सुरु गरेको जनाएको छ । आफ्ना उम्मेदवारहरुका साथमा कार्यक्रमहरुलाई तिब्रता दिइएको हो । मकवानपुरको क्षेत्र नम्बर–१ र २ मा दल र उम्मेदवारहरु अहिले दिन रात नभनीकन चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् । उनीहरुले आफ्ना पक्षमा मतदान गर्नका लागि मतदाताहरुसंग आग्रह पनि गरेका छन् ।

जिल्लामा सक्रिय नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, पार्टीलगायत राजनीतिक दलहरुले वडा स्तर देखि पालिका स्तर सम्मका चुनावी कार्यक्रमलाई हरेक दिनजसो गर्दै आएको बताएका छन् । मकवानपुरमा यीनै दलहरुका उम्मेदवारका विचमा चुनावी प्रतिस्पर्धा रहेको छ ।

मकवानपुर क्षेत्र नम्बर–१ मा नेकपा एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम लगायतका उम्मेदवारहरु चुनावी मैदानमा छन् । उनीहरु हरेक दिन चुनावी कार्यक्रमलाई तिब्रता दिइरहेका छन् ।

यसैगरी मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट महेश बर्तौला, कांग्रेसका बुद्ध लामा, नेकपाले लवशेर विष्ट, रास्वपाले प्रशान्त उप्रेती, राप्रपाबाट रामबहादुर थोकर लगायतका उम्मेदवारहरुले आफ्ना चुनावी कार्यक्रमलाई हरेक दिनजसो त्रिबता दिइरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*