मकवानपुर–१ मा चुनावी अभियानमा राना
हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ यस क्षेत्रबाट कांग्रेस, राप्रपा, रास्वपा, नेकपा लगायत विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू मैदानमा भए पनि मतदाताहरूको ध्यान भने एमालेका उम्मेदवार रामेश्वर रानातर्फ केन्द्रित हुन थालेको देखिन्छ।
स्थानीय मतदाताहरुका अनुसार विकासका कुरा केवल नारामा सीमित नभई स्पष्ट भिजन, विषयगत ज्ञान र व्यवहारिक सोचमा आवश्यक हुन्छ। यही मापदण्डमा हेर्दा अन्य उम्मेदवारहरू अपेक्षाकृत कमजोर देखिएको टिप्पणी आम मतदाताहरुको छ उनिहरुका अनुसार रामेश्वर रानालाई भने भिजनयुक्त, सादगीपूर्ण र अध्ययनशील नेताका रूपमा हेरिएको छ।
राजनीतिमा कुरा गर्न मात्र होइन, के गर्ने, किन गर्ने र कसरी गर्ने भन्ने स्पष्टता आवश्यक पर्छ। त्यसका लागि सम्बन्धित विषयमा गहिरो ज्ञान, तथ्यमा आधारित तर्क र आत्मविश्वास अपरिहार्य मानिन्छ। चुनावी बहस तथा भेटघाटका क्रममा आँखामा आँखा जुधाएर आत्मविश्वासका साथ आफ्ना तर्क प्रस्तुत गर्ने क्षमता रामेश्वर रानामा स्पष्ट देखिएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।
आफू पदमा हुदा वा नहुदा विकास निर्माण, सुशासन, रोजगारी र समावेशी विकासजस्ता मुद्दामा स्पष्ट धारणा राख्दै आएका रानाले भावनात्मक भाषणभन्दा पनि तथ्य र योजनामा आधारित कुरा गर्ने शैली अपनाउँदै आएका छन्। यही कारणले गर्दा परिवर्तन र दीर्घकालीन विकास चाहने मतदाताहरूको आकर्षण उनीतर्फ बढ्दै गएको आम मतदाताहरुले विश्लेषण गरेका छ्न ।







