मकवानपुरबाट १७२ किलो लागूऔषध गाँजा बरामद

जनपत्र
२० माघ २०८२, सोमबार ०६:३३

हेटाैँडा — मकवानपुर प्रहरीले १७२ किलो अवैध लागूऔषध गाँजासहित गाडी बरामद गरेको छ ।

हेटाैँडा उपमहानगरपालिका-२ लोकप्रिय होटलको मोडबाट प्रदेश ३–०१–०२४च ४२७० नम्बरको पिकअप गाडीसहित १७२ किलो ६ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।

मकवानपुर भीमफेदी गाँउपालिका—२ भैसेस्थित चेकपोइन्ट अगाडि चेकजाँच गर्ने क्रममा आापचौरबाट भौसेतर्फ आउँदै गरेको उक्त गाडीका चालक प्रहरी देख्ने बितिक्कै भागेको थिए । चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*