करिब आधा सकिएको काठमाडौं–तराई फास्ट ट्र्याक

जनपत्र
१७ माघ २०८२, शुक्रबार १८:१२

मकवानपुर — काठमाडौंबाट ३१ किलोमिटर दूरी छिचोलेपछि मकवानपुरको बकैया गाउँपालिका-१२ स्थित धेद्रे पुगिन्छ । जहाँ अहिले धेद्रे सुरुङको मुखमा समानान्तर रूपमा निर्माण गरिएका ८२ मिटर अग्ला पुलले सबैको ध्यान तानिरहेको छ । सोही जिल्लाको गढी गाउँपालिका–१, स्थित लेनडाँडामा पनि सुरुङको मुखैमा ८२ मिटर अग्ला दुईवटा पुल समानान्तरै निर्माण गरिएको छ । जसमा एउटा पुलको काम सकिएको र अर्कोको निर्माण अन्तिम चरणमा छ । यी सुरुङ र पुल अहिले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्य्राक) मा निर्माण भइरहेका छन् ।

धेद्रे र लेनडाँडा सुरुङभित्र फिनिसिङको काम भइरहेको छ भने दुवै सुरुङको मुखमा अग्ला र आकर्षक पुल निर्माण गरिएको छ । धेद्रे सुरुङको दूरी १ हजार ६ सय ९१ मिटर र लेनडाँडा सुरुङको दूरी १ हजार ६ सय २३ मिटर छ । दुवै सुरुङमा काठमाडौंबाट निजगढ र निजगढबाट काठमाडौं जानेगरी छुट्टाछुट्टै समानान्तर चारवटा सुरुङ निर्माण गरिएको हो ।

अग्ला पुल पनि त्यसैगरी चारवटा समानान्तर रूपमा निर्माण गरिएको छ । यीबाहेक थप पाँचवटा सुरुङको निर्माण हुँदै छ । केहीको निर्माण सुरु गरिएको र केही सुरु गर्ने तयारी हुँदै छ । गाडी चल्ने सुरुङमध्ये यो नेपालकै सबैभन्दा लामोसमेत हो । जसको दूरी ३ हजार ४ सय ५५ मिटर रहेको छ । अहिलेसम्म २ हजार ३ सय ४८ मिटर खन्न बाँकी छ । सुरुङ खन्ने काम ७० प्रतिशत सकिसकेको र असारसम्म ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताए ।

लेनडाँडा र धेद्रे सुरुङ कामसँगै थालिए पनि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको महादेवटार सुरुङ खन्न ढिलाइ गर्दा समयमै ‘ब्रेक थ्रु’ हुन नसकेको हो । अहिले काठमाडौं–तराई/मधेश द्रुतमार्गका विस्तृत परियोजना रिपोर्ट (डीपीआर) मन्त्रिपरिषद्‍बाट स्वीकृत हुन समय लाग्दा समयमै काम सुरु हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*