“अखिलबाट संसदसम्मको निरन्तर यात्रा: महेश बर्तौलाको उकालो राजनीतिक जीवन”

कक्षा ७ देखि विद्यार्थी राजनीति सुरु गरेका बर्तौला दुईपटक स्ववियु सभापति, अखिलका शीर्ष पद हुँदै प्रतिनिधिसभा सदस्य बनेर दोस्रो कार्यकालका लागि मकवानपुर–२ बाट मैदानमा।
जनपत्र
१५ माघ २०८२, बुधबार ०८:१७

हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाको राजनितीक जीवन २०५३ सालबाट सुरु भएको हो । मकवानपुरको कालिका मावि नामटारमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा उनी अनेरास्ववियुको प्रारम्भीक कमिटिको अध्यक्ष बने ।

अखिलको ईलाका, क्षेत्रीय कमिटि हुँदै उनी २०६० र २०६३ मा दुई कार्यकाल अनेरास्ववीयुको जिल्ला अध्यक्ष भए । उच्च शिक्षाका लागि मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा २०६० सालमा स्ववियु सदस्य बने । २०६२ र २०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पसका स्ववीयु सभापति भए ।

२०६५ सालमा अनेरास्ववीयुको केन्द्रीय सदस्य हुँदै अनेरास्ववियुको केन्द्रीय सचिब, उपाध्यक्ष र कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर समेत उनले पाए । उनी स्वतन्त्र विद्यार्थी युनियन काउन्सील नेपालको राष्ट्रिय अध्यक्ष बन्न सफल भए । २०६३ सालबाट महेश बर्तौलाले विद्यार्थी राजनीतिका अलवा पार्टीको भूगोलमा रहेर समेत काम गर्न थाले । २०६३ मा उनी नेकपा एमालेको जिल्ला कमिटि सदस्य निर्वाचित भए ।

माओवादी सशस्त्र युद्धका बेला उनले मकवानपुरको विकट भुगोल नामटार कालिकाटार र भार्ताको ईन्चार्जको जिम्मेवारी बहन गरे । २०७६ ÷०७७ मा नेकपा एमालेको वागमती प्रदेश कमिटि सदस्य हुँदै उपमहासचिबको भूमिकामा उनी सक्री रहे ।

एमाले र माओवादी एकता हुँदा उनी नेकपाको केन्द्रीय सदस्य बन्न सफल भए । २०८० मा एमालेको मनोनित केन्द्रीय सदस्य र २०८२ को ११ औँ महाधिबेशनबाट उनी निर्वाचित केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

उनको राजनितीक यात्रा प्रगतिको पथमा निरन्तर छ । २०७९ को निर्वाचनमा प्रभावशाली नेता राजनीतिका गुरु बिरोध खतिवडालाई पराजित गर्दै उनी प्रतिनिधी सभा सदस्य निर्वाचित भए ।

४२ बर्षको युवा उमेरमा राजनीतिक सफलता संगै उनले आफुलाई शैक्षिक हिसाबले समेत अब्बल बनाएका छन् । ब्यवस्थापन शंकाय र राजनीतीशास्त्रमा स्नकोत्तर सम्मको अध्ययन गरेका बर्तौला बिधीशास्त्रका समेत बिद्यार्थी हुन् ।

उनले एलएलबी उतीर्ण गरेका छन् । मकवानपुरको क्षेत्र नम्बर २ बाट पहिलोपटक प्रतिनिधी सभा सदस्यका रुपमा सदन छिरेका बर्तौलाले एमालेको सचेतक, मुख्य सचेतक हुँदै सरकारको प्रमुख सचेतकको जिम्मेवारी बहन गर्ने अवसर पाए । संसदमा कानून न्याय तथा मानब अधिकार समिती सदस्य, प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त समितिको सदस्य र संसदीय समितिमा सदस्यका रुपमा उनको भूमिका रह्यो ।

संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगे । संसदीय मामिला अध्ययनका लागि बेलायत पुगेका बर्तौला राजनीतिमा आफुलाई अनुभवले समेत अब्बल बनाएका छन् । स्विजरल्याण्डको जेनेभामा ईन्टर पार्लियामेन्ट युनियन आई पि यु को सभामा समेत उनले सहभागीता जनाएका छन् ।

चिन, भारत लगायतका देश पुगेर उनले विकास र राजनीतीको अन्तर्राष्ट्रिय ज्ञान हासिल गरेका छन् । उनी २०८२ को प्रतिनिधी सभा सदस्यको निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट दोस्रोपटक प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*