“सादगी, संघर्ष र निरन्तरताको राजनीति: रामेश्वर राना फेरि संसदीय मैदानमा”

जनपत्र
१५ माघ २०८२, बुधबार ०७:४६

मकवानपुर/ मकवानपुर निर्बाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर राना मगरलाई उम्मेदवार बनाएको छ । उनी ईमान्दार, कर्मठ सादगी नेताका रुपमा मकवानपुरमा परिचित छन् ।

२०५४ सालमा जिल्ला बिकास समिति मकवानपुरको सभापति निर्बाचित हुंदा रानाले गरेका काम जनता माझ स्थापित छन् । २०६४ को निर्बाचनमा संसदीय चुनाब लडेका राना पराजित भएका थिए । त्यस यता उनले २ पटक सिफारिशमा परेर पनि नेतृत्वका लागि अबसर पाएनन् । एकिकृत नेकपा माओबादिसंग एकता हुंदा उनले चुनाब लड्ने अबसरबाट बन्चित हुनु पर्र्यो ।

अघिल्लो पटकको निर्बाचनमा एमालेको सुर्य चिन्हबाट कमल थापा निर्बाचनमा उठेपछि उनले अन्तिम समयमा संसदीय चुनाब लड्ने अबसर गुमाए । पटक पटक अबसर खोसिदा समेत पार्टीको जिम्मेवारीमा निरन्तर रहेका रानाको उम्मेदवारीले एमालेका कार्यकर्ता उत्साहित छन् । उनको सादगी पनलाई यस क्षेत्रका जनताले सकारात्मक रुपमा लिएका छन् ।

२०३६ सालको आन्दोलनबाट प्रभाबित भएर २०३७ सालमा अनेरास्ववीयु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट उनको राजनितिक यात्रा सुरु भएको हो । २०३८ मा अखिलको जिल्ला कमिटि उपाध्यक्ष हुंदै जिल्ला कमिटी अध्यक्ष समेत बने । २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका राने पार्टीको शाखा कमिटि हेटौंडा नगर कमिटी हुंदै जिल्ला कमिटी सदस्य भए । २०५१ मा एमाले मकवानपुर सचिब भए ।

३ कार्यकाल एमाले मकवानपुरको नेतृत्व गरेको अनुभब रानासंग छ। बागमती प्रदेश कमिटी सदस्य हुदै ४ कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका छन् एमालेको ११ औं महाधिबेशनबाट राना केन्द्रीय सदस्य निर्बाचित हुनुभयो । २०४९ सालमा हेटौंडा नगरपालिका ११ नं वडा अध्यक्ष निर्बाचित भए ।

२०५४ जिबीस सभापति हुंदा चुरे संरक्षण, सडक संजाल निर्माण सहित मकवानपुर को एकिकृत बिकासको अबधारणा उनले अघि सारे । उनले चिन, भारत, बंगलादेश लगायतका मुलुकहरु पुगेर विकासलाई नजिकबाट नियालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*