हेटौंडाको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी भएको छ।
गएराति करिब ११ः५० बजे जस्ता पाताले बनेको स्टोर रुममा विद्युत् तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उक्त स्टोरमा साबुन तथा कार्टुन सामग्री भण्डारण गरिएको थियो।
आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर, सशस्त्र प्रहरी बल नेपाल १४ नं गण र हेटौंडा उपमहानगरपालिकाका दुई वटा दमकल तथा स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।







