हामी उत्साहित छौँ, हामी जित्छौ- रामेश्वर राना

जनपत्र
११ माघ २०८२, शनिबार ०८:१५

हेटौँडा/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं। १ उम्मेद्वार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक निर्वाचनमा जुटेको बताउनु भयो ।
नेकपा एमाले हेटौँडा ४ नं। वडाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आजै हेटौडा ४, ६ ७ र १४ नं। को अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएको र एमालेको जीत सुनिश्चित रहेको बताउनु भयो ।

उहाँले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा र विकास र समृद्विको नेतृत्व नेकपा एमालेले गरेको र अबका दिनमा पनि गरिरहन नेकपा एमालेले बहुमत ल्याउन मुलुकको आवश्यकता रहेको दावि गर्नुभयो । उहाँले हामी सबै प्रतिस्पर्धीसंग स्वस्थ प्रतिस्पर्धा गर्छौ, निष्पक्ष जीत निकाल्छौ रानाको भनाई थियो ।

पार्टीका केन्द्रीले लेखा आयोगका सदस्य नवीन सिग्देलले विकास र समृद्विको लागि निर्वाह गरेको भूमिकाको कारण नेकपा एमाले मकवानपुरमा नेकपा एमालेले दुवै सिट जित्ने निश्चित रहेको कताउनु भयो ।

उहाँले सबै पार्टीपङ्ति एकजुट भएर लाग्ने, बलियो संगठनको बल र कार्यकर्ता परिचालनद्वारा पार्टीमाथी देखिएको चौतर्फी आग्रमणको प्रतिरोध गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सदस्य तथा ४ नं। वडा ईञ्चार्ज शिवहरी दाहालले निर्वाचनको तयारीबारे जानकारी गराउनुभयो । भेलामा पार्टी वडा अध्यक्ष नानिराम अर्यालको अध्यक्षतामा भएको भेलामा नेता तथा कार्यकर्ताको उल्लेखीय उपस्थिति रहेको वडा सचिव गीता त्रिपाठीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*