मकवानपुरका दुई निर्वाचन क्षेत्रमा एमालेका राना र बतौलाद्वारा उम्मेदवारी दर्ता
हेटौंडा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ।
मकवानपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँको प्रस्तावकमा गोपाल प्रसाद दाहाल र समर्थकमा इन्द्रमान स्याङ्तान रहनुभएको छ।
त्यस्तै, मकवानपुर क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद महेश कुमार बतौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँको प्रस्तावकमा राजाराम स्याङ्तान र समर्थकमा सुवासचन्द्र ठकुरी रहनुभएको छ।
एमालेबाट टिकट प्राप्त गरेका राना र बतौलाले आज दिउँसो एमाले मकवानपुरको पार्टी कार्यालयमा भेला भई र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो।







