एमालेबाट मकवानपुरका २ क्षेत्रमा राना र बतौलाले उम्मेदवारी दिदै

जनपत्र
७ माघ २०८२, मंगलवार ०९:०६

हेटौंडा । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरका २ वटा निर्वाचन क्षेत्रबाट नेकपा एमालेका तर्फबाट आज दिउसो एमालेका दुइ जना केन्द्रीय सदस्यहरुले उम्मेदवारी दर्ता गराउँदैछन् । मकवानपुरको क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना र क्षेत्र नम्बर–२ बाट एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद महेश कुमार बतौलाले उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।

एमालेका तर्फबाट टिक पाएका राना र बतौलाले आज दिउसो एमाले मकवानपुरको पार्टी कार्यालयमा भेला भएर र्याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने तयारी गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरका ठुला दलहरुलाई पालैपालोसंग उम्मेदवारी दर्ता गराउनका लागि समय निर्धारण गरेको छ । त्यही अनुसार उम्मेदवारी दर्ता गराइदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*