बागमती प्रदेशमा हिजो राजिनामा बुझाएका छ सांसदले आज उम्मेदवारी दिदै

जनपत्र
७ माघ २०८२, मंगलवार ०७:१२

हेटौँडा । बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । आज उनीहरुले आफ्ना पार्टीबाट र एक जनाले स्वतन्त्र भनेपनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि उनीहरूले पदबाट राजीनामा दिएका थिए। आज आफ्ना जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार राजीनामा दिनेमा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसी रहेका छन् । केसीबाहेक सबै सांसद प्रदेशको मन्त्री भइसकेका छन् ।

पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका दोलखाका काफ्लेले आज हेटौँडा१० स्थित प्रदेशसभामै उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका थिए । मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभाको जिमेलमा राजीनामा पठाएका हुन । उनीहरूको राजीनामा पत्रलाई प्रदेशसभा सचिवालयले प्रक्रिया अगाडि बढाइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*