हेटौंडामा मन्त्रीले लगाए बोकालाई माला

जनपत्र
६ माघ २०८२, सोमबार ०६:५२

हेटौंडा — मकवानपुरमा आइतबार मन्त्रीले माला लगाएर बाख्रालाई सम्मान गरेका छन्। पाँचौ बाख्रा दिवसको अवसरमा बाख्रालाई माला लगाएर दाना खुवाइएको हो।

हेटौंडा–३ स्थित सिमलथली एग्रो प्रालिमा आयोजित कार्यक्रमका बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले बाख्रालाई सयपत्री फूलको माला लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि खोरमा रहेका बाख्रालाई मन्त्रीसहित कार्यक्रमका सहभागीले दाना खुवाएका थिए । उक्त प्रालिमा उन्नत जातका ९ सय बाख्रा छन्।

मन्त्री पौडेलले बाख्रापालन क्षेत्रमा रहेका समस्या समाधान गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए । ‘खसीबोकाको मासुमा अहिले हामी आत्मनिर्भर बन्दै गएका छौं,’ उनले भने, ‘भारतबाट खसीबोका आयात निरुत्साहित गर्न सरकारले कदम चालिरहेको छ ।’

‘व्यावसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भरता हाम्रो अभियान’ नारासहित दिवस मनाइएको हो। कार्यक्रममा सहभागीहरुले चिकित्सकले रातो मासु नखान सल्लाह दिने गरेकाले उत्पादित खसीबोकाको बिक्री प्रभावित बनेको गुनासो गरे । मकवानपुरमा ४२ वटा बाख्रा फार्म रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*