बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण
हेटौंडा । बागमती प्रदेश सरकारले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमबाट बिचमा प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक अरुण पौडेललाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट उपलब्ध गराएको ९० लाख ७० हजार रुपैयाँ बराबरको रकमबाट प्रदेश प्रहरी कार्यालय हेटौंडाले ३० वटा टिविएस मोटरसाइकल खरिद गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री बानियाँले हस्तान्तरण गरिएको मोटरसाइकललले फागुन २१ गते हुने निर्वाचनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । जेन–जी आन्दोलनका कारण प्रहरीका केही सवारी साधन ध्वस्त भएकाले समस्या भइरहेको समयमा थोरै भएपनि नागरिकको सुरक्षाका लागि ३० वटा मोटरसाइकल पनि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रहरीका लागि हरेक वर्ष भवन निर्माण लगायतका विषयमा प्रदेश सरकारले आर्थिक सहयोग गर्दै आइरहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिब बाबुराम अधिकारीले जेन–जी आन्दोलनपछी सुरक्षा निकायका लागि सवारी साधनको समस्या भइरहेको समयमा मोटरसाइकल हस्तान्तरणले पनि महत्वपूर्ण काम गर्ने बताए ।
कार्यक्रमको समापन गर्दै प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरिक्षक अरुण पौडेलले दुइ पाग्रे सवारी साधन प्राप्त भएको र यी सवारीका साधन विभिन्न जिल्लामा सुरक्षा प्रहरी कार्यालयहरुलाई हस्तान्तरण गरिने बताए । अबका दिनमा प्रदेश सरकारले प्रहरीका लागि चार पाग्रे सवारीका साधन पनि उपलब्ध गराउनका लागि उनले आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिब रामबहादुर पुरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका शान्ति सुरक्षा महाँसाखाका प्रमुख पदम ओझा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं लगायतकाको आतिथ्यता रहेको थियो ।








