हेटौंडामा अत्याधुनिक पानी परिक्षण प्रयोगशालाको शुभारम्भ
हेटौंडा । संघीय सरकार खानेपानी तथा ढल व्यावस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको संयुक्त लगानीमा निर्मित अत्याधुनिक पानी परिक्षण प्रयोगशालाको आज हेटौंडामा शुभारम्भ गरिएको छ । बोर्डको कार्यालय भित्र निर्माण गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले उद्घाटन् गरिन् ।
बोर्डका ग्राहकका लागि निशुल्क र अरुका लागि शुल्क लिएर पानी परिक्षण गरिने व्यावस्था गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । कार्यक्रममा बोर्डका सदस्य तथा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष प्रमोदसिंह रानाभाट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ का प्रमुख रविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।







